संक्रमणकालिन न्यायमा सरकार गम्भीर हुनु पर्छ : सांसद एकनाथ ढकाल

प्रकासित मिति: २२ माघ २०७९, आईतवार १४:४६

काठमाडौ । प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्रि एकनाथ ढकालले संसदमा आफ्नो भूमिका संविधानको कार्यन्वयन गर्नेमा केन्द्रित हुने बताएका छन्। योहो टेलिभिजनमा प्रसारण हुने स्वरज्य र मेलमिलाप कार्यक्रमको लागि प्रस्तोता केशब प्रसाद चौलागाईं संग कुरा गर्दै नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले संबिधान सभामा आंफुले संबिधान निर्माणमा योगदान गरेको स्मरण गर्दै वर्तमान संसदमा आफैले समेत लेखेको संबिधानलाइ कागजी डकुमेन्ट वाट ब्यबहारिक रुपमा कार्यन्वयन गर्ने अवसर प्राप्त भएको भन्दै नेपालमा द्वन्दको पुनरागमन नहुने गरि काम गर्नु पर्नेमा जोड दिए। पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले सरकारले शान्ति संबेदनशील बिकासको अवधारणा लागु पर्ने समेत बताए। नेता ढकालले नेपालको शान्ति प्रकृयालाई पूर्ण सफल बनाउन संक्रमणकालिन न्यायको काम अबिलम्ब अघि बढाउनु पर्ने धारणा राखे। उनले २०६३ मङ्सिर ५ गते सम्पन्न बिस्तृत शान्ति सम्झौताको मुख्य उद्धेश्य अग्रगामी राजनैतिक, आर्थिक र सामाजिक परिबर्तन सुनिश्चित गर्ने तथा राज्यको पुनस्संरचना गर्ने भएको समरण गरे। कानुन निर्माता ढकालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपात्ता व्यक्तिको छानबिन आयोगले साठी हजार बढी उजुरी प्राप्त गरेपनि कुनै उजुरी उपर कारबाही अघि नबढेको प्रति चिन्ता ब्यक्त गर्दै अन्तराष्ट्रिय क्षेत्रमा प्रश्न उठ्नु अघिनै आफ्नो काम गर्नु पर्ने बताए। ढकालले संक्रमण कालिन न्यायको गम्भीरता बुझेरनै आंफुले संसदमा समेत उक्त बिषय उठाएको बताए। एक अर्को प्रसंगमा सांसद ढकालले नेपालको असंलग्न परराष्ट्र नीति सहि रहेको बताउदै राष्ट्रहित केन्द्रित आर्थिक कुटनीतिलाइ अघि सार्नु पर्ने बताए। ढकालले नेपालको नाम अन्तराष्ट्रिय क्षेत्रमा उच्च बनाउन कुटनीतिक सम्बन्धमा थप सुधार गर्नु पर्ने बताउदै नेपाललाई शान्ति क्षेत्रको रुपमा अघि सार्नु पर्ने तर्क गरे। ढकालले आँफु शान्तिको स्कुलिङ वाट आएको ब्यक्ति भएको र सकारात्मक सोंचका साथ् क्रियाशिलतामा बिश्वाश राख्ने ब्यक्ति भएको बताउदै प्रत्यक दिन १८ घण्टा काम गर्नेले सोचेभन्दा बढी प्रगति गर्न सक्ने समेत बताए ।

Bhansar Bivag
Argakhachi Cement