संघिय सांसद एकनाथ ढकालद्वारा फिलिपिन्सकि पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयो संग भेट

प्रकासित मिति: ८ जेष्ठ २०८१, मंगलवार ००:३९

मनिला, फिलिपिन्स प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले फिलिपिन्सकि पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयो संग भेट गर्नु भएको छ। मनिला स्थित पूर्व राष्ट्रपति आरोयो निवासमा गत बिहिबार भएको भेटमा द्विपक्षीय हित र समसामयिक क्षेत्रीय तथा अन्तराष्ट्रिय परिस्थितिको बारेमा छलफल भएको सांसद ढकालको सचिबालयले जनाएको छ। भेटमा सांसद ढकालले पूर्व राष्ट्रपति आरोयोलाइ नेपाल भ्रमणको निम्तो समेत दिएका थिए भने पूर्व राष्ट्रपति अरोयोले नेपाल आंफुले भ्रमण गर्न चाहेको राष्ट्रको सुचिमा रहेको बताउदै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताउनु भयो। नेत्री ग्लोरिया माकापागल आरोयो सन् २००१ देखि २०१० सम्म फिलिपिन्सको राष्ट्रपति रहनुभएको थियो। उहाँले फिलिपिन्सको उप- रास्ट्रपति तथा सभामुखको समेत जिम्बेवारी सम्हाल्नु भएको थियो। हाल उहाँ फिलिपिन्सको प्रतिनिधि सभाको सदस्य तथा “लकास सिएमडी” पार्टीको नेता हुनुहुन्छ।

Bhansar Bivag
Argakhachi Cement