९ पुस, काठमाडौं । पूर्ब मन्त्री एकनाथ ढकालले नैतिक रुपमा संबिधान संशोधनको प्रस्ताब अस्वीकृत भईसकेको बताउँदै सरकारले उक्त प्रस्ताब फिर्ता लियर राजनैतिक सहमतिको बाताबरण बनाउन आग्रह गर्नु भयको छ। पूर्ब मन्त्री ढकालले एक तिहाई भन्दा बढ़ी सांसद संशोधनको बिपक्षमा रहेको, सत्ता पक्षकै कतिपय नेता, मन्त्री तथा सांसदहरु पनि संशोधनको पिपक्षमा रहनु भयको, सम्बंधित प्रदेशका बासिन्दाहरु संशोधनको बिपक्षमा आन्दोलनमा होमियको सन्दर्भमा संशोधनको प्रस्ताब यथास्थितिमा औचित्यहिन् रहेको धारणा राख्नु भयो । नेपाल परिवार दलको अध्यक्ष समेत रहेका ढकालले सरकार राष्ट्रीयताको सबालमा चुकेको, निर्बाचन गराउन गंभीर नभएको र गैर संबैधानिक तबरले संबिधान संशोधनको प्रस्ताब ल्याएकोले मुलुक थप राजनैतिक द्द्वन्द तर्फ जाने खतरा बढेको उल्लेख गर्नु भयो । विकासोन्मुख राष्ट्रका लागि बाताबरणीय मैत्री मलखाद उत्पादन र प्रयोग सम्बन्धी राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्ब मन्त्री ढकालले अत्याधिक रासायिनिक मलको प्रयोग गर्ने , पुर्बाधार निर्माण र शहरीकरणमा बाताबरणलाइ ख्याल नगरे नेपालको प्राकृतिक सुन्दरता र उत्पादन क्षमता खतरामा पर्ने चेताबनी दिदै नेपालको भविष्य बाताबरण मैत्री नीतिमा निर्भर हुने बताउनु भयो । पूर्ब मन्त्री ढकालले कृषि उत्पादकत्व बृद्धि नगरेसम्म मुलुकको आर्थिक विकास नहुने बताउनु भयो ।कार्यक्रममा पूर्ब मन्त्री कमल चौलागाइँ, चाइनीज दुताबासका राजनैतिक बिभाग प्रमुख जियांग वेइ लगायतले आ-आफ्नो धारणा राख्नु भयको थियो ।