एमाले नेता सुवासचन्द नेम्वाङले पत्रकारिता जगत अति सम्वेदनशील भएकाले सबै पत्रकार र सञ्चारगृहले संयमता अपनाउनु पर्ने बताएका छन् ।नेम्वाङले निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदको नाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने बताउनुभएको छ ।पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गिकरण विषयका अन्र्तक्रिया कार्यक्रममा बोल्दै सञचार क्षेत्रले निरंकुशता विरुद्धको लडाईलाई सशक्त भूमिका खेल्दै राष्ट्रिय परिवर्तनमा ठूलो योदान पु¥याउँदै आएको बताउदै पत्रकारिता पेसालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्षलाई आग्रह गरे । उनले एक प्रसंगमा भने–‘कुनै व्यक्ति वा संस्थाको टिप्पणी गर्दा गम्भीर भएर सम्वन्धीत व्यक्ति, संस्थालाई नै सोधेर समाचार वा विषयवस्तु सम्प्रेशन गर्दा आचारसंहिताको मर्मलाई सहयोग पुग्नेछ,’सस्तो लोकप्रियाताका लागि समाचार शीर्षक बनाउँदा गम्भीर भएर सोच्नु पर्ने बताए ।प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र प्रेस काउन्सिलले गरेका गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकारको अधिकार सुरक्षा, चुनौतीका साथै आफ्नो जिम्मेवार तथा दायित्व बारे स्पष्ट पारे । उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक विरबहादुर राईले समग्र पत्रकारिता जगतबाट समाज र राष्ट्रको हितका निम्त्ति लाग्नुपर्ने बताए । स्वच्छ,सफा, मर्यादित र व्यवस्थित व्यवसायिक पत्रकारितातर्फ उन्मुख हुनुपर्ने राईले औल्याए ।