संविधान कार्यान्वयनका लागि तीनै वटा निर्वाचन गराउन जरुरी : पूर्व मन्त्रि ढकाल

प्रकासित मिति: ११ कार्तिक २०७३, बिहीबार १२:२५

कार्तिक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संविधान कार्यान्वयनका लागि तीनै वटा निर्वाचन गराउन जरुरी रहेको बताएका छन ।

राजधानीमा पार्टी प्रदेश नं ३ ले आयोजना गरेको सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ढकालले निर्वाचनको बिकल्प नभएको बताएका हुन । उहाँले देशमा दिगो शान्ति स्थापनको लागि सबै दलहरु मिलेर अघि बढ्नु पर्ने बताएका बताउनु भयो। दलहरुबीच सहमति गरायर संबिधान संशोधनको प्रस्ताब संसदमा दर्ता गर्न नसक्नु सरकारको कमजोरी हो भन्दै अध्यक्ष ढकालले सरकार कमजोर हुदै गयको जिकिर गर्नु भयो ।

कार्यकर्तालाई सम्बोधन गदै अध्यक्ष ढकालले आउदो स्थानीय निर्वाचनको तयारीका लागि कायकर्तालाई निर्देशन समेत दिएका छन । पार्टीले प्रति बर्ष २ लाख १० हजार क्रियाशील सदस्यता बनाउने योजना अनुरुप अघि बढ्न जिल्ला नेतृत्वलाई निर्देशन दिएका छन । नेपाल परीवार दल सामाजिक आर्थिक रुपान्तरण, नैतिक जागरण र बैचारिक जागरणको माध्ययम द्वारा मुलुकमा आमुल सकारात्मक परिबर्तन गर्न चाहेकोले सबैको सहयोग र समर्थनको लागि उहाँले आग्रह गर्नु भयो । चियापान कार्यक्रममा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement