संविधान कार्यान्वयनतर्फ उन्मुख हुनु नै उपलब्धि

प्रकासित मिति: ३ आश्विन २०७३, सोमबार १५:५२

धुलिखेल। विभिन्न विरोध र असन्तुस्टिकाबीच जारी भएको नेपालको संविधानले एक वर्षमा कार्यान्वयनतर्फ उन्मुख हुनु नै राम्रो उपलब्धि भइरहेको सरोकारवालाको भनाइ छ ।

संविधान जारी भएको एक वर्ष पुगेका अवसरमा संवैधानिक कानुन व्यवसायी मञ्चले यहाँ आयोजना गरेको दुईदिने कानुन व्यवसायीको भेलामा संविधान जारी भएको एक वर्ष मात्र अर्थात् शिशुकै रुपमा रहेको संविधान कार्यान्वयनतर्फ उन्मुख हुन नै उपलब्धि भएको ठहर गरिएको हो ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले शिशु अवस्थामा रहेको संविधानलाई गाउँगाउँसम्म पु¥याउएर यसवारे आम नेपाली नागरिकलाई जानकारी गराउनुपर्नेमा जोडदिदैं संविधान कार्यान्वयनमा प्रमुख तीन दलले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

संविधान संशोधन गर्न सकिने हुँदाहुँदै पनि संविधान जलाउने कार्य उपयुक्त नभएको भन्दै उहाँले संविधान जलाएर समस्या हल नहुनेहुँदा सहमतिबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा रामशरण महतले संविधान बनाउन दलहरु जसरी एकता, समन्वय र सहकार्य प्रस्तुत गरे, त्यसरी नै संविधान कार्यान्वयनका लागि पनि दलहरु बीच एकता र समन्वय आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

संविधानमा लेखिएर मात्र अधिकार सुनिश्चित नहुने भएकाले यसको कार्यान्वयनतर्फ राज्य र दलहरु उन्मुख हुनुपर्ने उहाँले बताउनुभयो ।

नेकपा (एमाले) सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराइले एकल नभई साझा प्रयत्नबाट साझा सम्झौताको दस्तावेज नेपालको संविधान भएको बताउँदै विश्वका लोकतान्त्रिक भनिएका संविधानसँग दाजिन सक्ने हैसियतमा हाम्रो संविधान रहेको छ भन्नुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि कम्तीमा एक दशक प्रमुख दल मिल्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) की नेत्री तथा पूर्वमन्त्री रेखा शर्माले निकै दुःखले ल्याएको संविधान कार्यान्वयन भइरहेको र अझ कार्यान्वयनको गति बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वसांसद एकराज भण्डारी लगायतले नेपालको संविधान प्रगतिशील भएको उल्लेखगर्दै यसको कार्यान्वयनतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष डा चन्द्रकान्त ज्ञवालीले जनताको जनमत बेगर संविधान संशोधनको बाटो अँगालेमा जनतामा रहेको सार्वभौमसत्ताको घोर उलङ्घन हुने बताउनुभयो ।

कार्यक्रममा संविधानका अन्तरवस्तु र कार्यान्वयनका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको जगमा आधारित भई समकालीन लोकतन्त्रको उत्तम विधिबाट जननिर्वाचित संविधानसभाबाट जारी संविधान प्रक्रिया अन्तरवस्तुका दृष्टिकोणले तुलनात्मक रुपलमा सकारात्मक भएको उल्लेख गर्दै भेलाले ११ बुँदे धुलिखेल घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा संविधान गतिशील दस्तावेज भएको हुँदा असन्तुस्ट पक्षलाई पनि सहभागी गराउनुपर्ने, सार्वभौमसत्ता, अखण्डता स्वाधीनता र आन्तरिक राष्ट्रिय एकतालाई प्रवद्र्धन गरी आम नेपालीको चाहनालाई दलले ध्यान दिनुपर्ने रहेको छ ।

त्यस्तै, संविधान जारी भएको एक वर्ष भएको हुँदा शान्ति प्रक्रियाको बाँकी कामलाई निरन्तरता दिनुपर्ने, आगामी माघ ७ गतेअगावै न्यूनतम राजनीतिक सहमति कायम गरी सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्नेलगायत रहेको छ

Bhansar Bivag
Argakhachi Cement