संविधान कार्यान्वयनले समाजमा नयाँ तरङ्ग थपिन्छ ः सभापति देउवा

प्रकासित मिति: ३१ श्रावण २०७३, सोमबार १५:५२

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा भएमात्र समाजमा नयाँ तरङ्ग थपिने बताउनुभएको छ ।

प्राध्यापक वासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानले मल्लको १९औँ स्मृति दिवसका अवसरमा यहाँ आज आयोजना गरेको ‘प्रा विसी मल्ल पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले फरक विचारधारा बोकेकालाई शान्ति प्रक्रिया ल्याए पनि अझै शान्ति प्रक्रिया नटुङ्गिएको बताउनुभयो ।

shar bahadur पूर्वप्रधानमन्त्री देउवाले नेपालको राजनीतिक सुधारको बाटोमा अगाडि बढेको दाबी गर्दै भन्नुभयो, “मुलुकमा मधेसी, मुस्लिम, जनजाति, महिला, दलितलगायतको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै जानुपर्ने अहिलेको चुनौती छ ।”

सभापति देउवाले नेपालको प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिलाई सम्मान गरेकामा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विसी मल्लले नेपालको प्रजातन्त्रको सुदृढीकरणमा ठूलो योगदान दिएको भन्दै उहाँको नाममा पुरस्कार स्थापना गरेर प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो ।

नेपाली काँग्रेसकी नेत्री लीला कोइरालाले प्रा विसी मल्ल प्रजातन्त्रवादी समाजसेवी व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विसी मल्ल नेपालको शिक्षा क्षेत्रको योद्धा हुनुहुन्थ्यो ।” प्रजातान्त्रिक योद्धा प्रेमनाथ शर्माले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले अब मुलुकको चौतर्फी विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष नारायणचन्द्र मल्लले प्रा मल्लले नेपालको प्रजातन्त्रका लागि ठूलो भूमिका खेलेकाले उहाँको नाममा प्रत्येक वर्ष एक जनालाई सम्मान गर्ने गरेको स्पष्ट पार्नुभयो । नेपालको प्रजातन्त्र र शैक्षिक क्षेत्रको विकास र विस्तारमा मल्लको ठूलो योगदान रहेको छ । प्रजातान्त्रिक विचार समाजको संस्थापक अध्यक्षसमेत रहनुभएका मल्ल चीनका लागि नेपाली पूर्वराजदूत हुनुहुन्थ्यो ।

कोइराला र शर्मालाई नगदसहित सम्मान

प्रतिष्ठानले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका लीला कोइराला र प्रेमनाथ शर्मालाई सम्मान गरेको छ । विसं २०७२ को पुरस्कार कोइराला र २०७३ को शर्मालाई दिइएको हो । उहाँहरुलाई नगद रु १० हजार एक सहित सम्मानपत्र र खादाद्वारा सम्मान गरियो ।

सम्मानित कोइरालालाई समाजको न्यून वर्गको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । कोइराला विसं २०४८, २०५१ मा निर्वाचित हुनुका साथै विसं २०७० मा समानुपातिकतर्फबाट सांसद हुनुहुन्छ ।

सम्मानित शर्मा नेपाली काँग्रेस स्थापना महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । शर्माले आजीवन प्रजातन्त्रको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा भूमिका खेल्नुभएको थियो । प्रतिष्ठानले यसभन्दा पहिले प्रजातान्त्रिक योद्धा नुतन थपलिया, रामहरि जोशी, गणेशराज सिंह, केशवदेव भट्टराई, द्वारिकादेवी ठकुरानी, मैयाँदेवी श्रेष्ठलगायतलाई सम्मान गरिसकेको छ

Bhansar Bivag
Argakhachi Cement