अध्यक्ष ढकाल र पूर्व प्रधानमन्त्री खनालबीच भेट
१५ फागुन, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ । खनाल निवास डल्लुमा भएको भेटमा पछिल्लो समसामयिक राजनैतिक परिस्थिति बारे छलफल भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।
पूर्वमन्त्रि समेत रहेका ढकालले खनाललाई वर्तमान राजनैतिक गतिरोधको समाधानको लागि उपयुक्त पहलकदमी लिन आग्रह गरे । प्रतिउत्तरमा नेता खनालले निर्बाचनको विकल्प नरहेको उल्लेख गर्दै मधेसी मोर्चा पनि सहभागी हुने बिश्वाश ब्यक्त गरे । मधेसी मोर्चालाई निर्बाचनमा सहभागी हुने बाताबरण बनाउनु अति आबस्यक रहेको भन्दै ढकालले यसको जिम्बेवारी प्रमुख दलहरुकै रहेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले नेपालका हरेक समस्याको समाधान गर्न नेपाली दलहरु सक्षम रहेको उल्लेख गर्दै आन्तरिक मामिलामा हुने कुनैपनि बैदेशिक हस्तक्षेप विरुद्ध सबै दलहरु एकजुट भएर लड्नु पर्नेमा जोड दिए । खनालले मधेसी मोर्चाले निर्बाचनमा भाग नलिए पछि उनीहरुलाई ठुलो पश्चाताप हुने बताए ।
सरकारले पेश गरेको संबिधान संशोधनको प्रस्ताव राष्ट्र हित बिपरित भएको र यसले कुनै समस्याको सामाधान नगर्ने भन्दै दुवै नेताहरु बीच उक्त प्रस्ताबलाई असफल बनाउने सहमति पनि भएको छ ।