संसदिय दलको नेता छान्न कांग्रेसका गुट सक्रिय

प्रकासित मिति: १५ फाल्गुन २०७४, मंगलवार ०३:१४

काठमाण्डौं । नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचनमार्फत छनोट गर्ने भएपछि संस्थापन र रामचन्द्र पौडेल गुट सक्रिय बनेका छन् ।
नेता छान्न कांग्रेसमा गुट सक्रिय भएको र सांसदलाई निवासमै आउन निम्तो दिइएको लेखेको छ ।

‘२१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरुबीच तीव्र गुटगत लविङ सुरु भएको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद्लाई आफ्नो पक्षमा पार्न नेताहरुले भेटघाटका लागि भन्दै निवासमै बोलाएर गुटगत आधारमा मतदातको आग्रह गरिरहेका छन् ।

निर्वाचनकै सन्दर्भमा सोमबार वरिष्ठ नेता रामचन्दै पौडेलले बोहोराटारस्थित निवासमा नेता तथा सांसद्हरुलाई खाजा खाने निम्तो दिए । उनले आफ्नो समूहसहित नेता कृष्णप्रसाद सिटौला पक्षका सांसद्हरुलाई समेत आफ्नो निवासमा बोलाएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने संसदीय दलको निर्वाचनकै लागि भन्दै नेताहरुलाई निवासमा बोलाएको छैन ।
यो समाचार राजधानी दैनिकमा छ ।

Bhansar Bivag
Argakhachi Cement