संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबीच शनिबार छलफल भएको र त्यसक्रममा फागुन २१ गते बस्ने गरी संसद् अधिवेशन बोलाउने विषयमा सरकार र सचिवालयबीच मोटामोटी समझदारी बनेको समाचारमा उल्लेख छ ।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि अधिवेशन बस्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आहृवान हुने संवैधानिक व्यवस्था छ ।
यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।