संसार बदल्नु भन्दा पहिले आफुलाई बदल्नु पर्छ : शान्तिदुत आचार्य

प्रकासित मिति: १९ फाल्गुन २०७५, आईतवार ०६:१२

सुनसरी । ट्विटेरियन सोसाइटी इटहरीका अध्यक्ष तथा शान्तिदुत हिरा आचार्यले संसार बदल्नु भन्दा पहिले आफुलाइ बदल्नु पर्ने बताउँनु भएको छ । युबा बर्गमा बढर्दै गएको बिकृती र बिसङगती लाई रोक्न अबको हरेक युवा अनुसासित,नैतिकवान र चरीत्रवान बन्नु पर्ने बताएका छन् ।
बिश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल सुनसरी शाखाले इटहरीमा आयोजना गरेको २ दिने एकीकृत सिद्धान्त नेतृत्व सेमिनारको समापन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

शान्तिदूत आचार्यले राष्ट्र बलियो बनाउन सबै नागरिक निम्मेबार हुनुपर्नेमा उनको जोड थियो । शान्ति र सास्कृतिक बिकासमा युवा तथा बिद्यार्थीको भूमिका बिषयमा भएको सेमिनारमा पाँच दर्जन युवाहरुको सहभागिता रहेको थियो ।

सस्थाका सुनसरी सम्योजक तथा प्रशिक्षक,राम बहादुर लिम्बु ,लोक बहादुर गिरी,सामाजिक तथा के. आइ .सि.अभियानता पुस्कर थापा र युवा ब्यावसायी लक्ष्मण कार्किले एकीकृत जिवन सैली,बैज्ञानिक र समयसामयिक मुल्य मान्यता ,जिवन उपयोगी ,व्याबहारिक र सन्तुलित शिक्षाको बिकास को बारेमा प्रशिक्षण दिनु भएको थिया े।
जुन गतिमा विज्ञान र प्रविधिको विकास भैरहेको छ,त्यसको वेग लाई थेग्नका लागि सोहि मात्रामा नैतिक मुल्यमान्यता र आदर्श शिक्षाको विकास हुन नसकेकाले युवा पुस्तामा नैतिक मुल्यमान्यता र जिवनको गुणात्मक पक्ष गौण बन्न पुगेको छ ।
युवा पुस्तामा दिनानुदिन स्वार्थी ब्याक्तीबादि चिन्तन, यौनजन्य अपराध र विभिन्न दुर्व्यसनी जस्ता असरहरु देखिएका छन् ।त्यसको निराकरणका लागि विस्वसान्ती तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघले बिगत लामो समय देखी देस व्यापी रूपमा यस्ता खाल्का युवा नेतृत्व तालिमहरु संचालन गर्दै आइरहेको सस्थाका सुनसरी संयोजक राम बहादुर लिम्बुले बताए ।
तालिममा सहाभागिहरुले दुई दिने सेमिनारले आफुहरुमा नैतिक जागरण ल्याउनु का साथै एक चरीत्रवान र जिम्मेवार नागरिक बन्नुको लागी पर्याप्त खुराक मिलेको प्रतिक्रिया दिन्दै सेमिनार मा सहभागी गराइ जीवन को मार्ग नै वदल्ने अवसर पाएको बताए ।
सेमिनार समापनको पूर्व सन्ध्यमा सहभागीहरुलाइ बिभिन्न समुहमा बिभाजन गरि हाजिरी जभाव प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम ,दितिय र तृतीय समुहलाइ नगत पुरस्कार बितरण गरिएको थियो तर सबै नगत पुरस्कार एकाइ ठाउँमा जम्मा गरि यस्मा अन्य रकम थप गरि होराइजन समुह गठन गरि सामाजिक सेवामा पहिलो पाइला सार्ने सहभागी अग्नि खनालले बताए । समापन कार्यक्रम होराइजान इन्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक इन्जिनियर लाल बिक्रम थापाकोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पुस्कर थापाले संचालन गर्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement