सक्षम फाउण्डेसनको सप्ताह व्यापी आहतमा राहत कार्यक्रम सम्पन्न

प्रकासित मिति: ६ भाद्र २०७४, मंगलवार १४:४१

असल पिडित र प्राथमिकताको आधारमा सेवा–सामग्री वितरण

सप्तरीमा बाढीले घरबिहिन बनाएका परिवारहरुलाई सक्षम फाउण्डेशन नेपालले सप्ताह व्यापी ‘आहतमा राहत’ कार्यक्रम सम्पन्न गरेको छ । खाँडो र जिता नदीको बाँढ भत्किएर सप्तरीको कोइलाडी बर्साइन, सकरपुरा, मधेपुरा, तिलाठी, कुशहा, बनरझुल्ला, गोबरगाढा, तोपा लगायतका एक दर्जन जति गाउँ बाढीले जलमग्न बनाए । सो गाउँका अधिकाँस सबै परिवार बिस्थापित भएको र खान बस्न अप्ठ्यारो भएको स्थलगत विवरण पछि सक्षम फाउण्डेसन नेपालले बाढी पिडितलाई स्वास्थ्य, बस्ने, खाने, लाउने लगायत समस्या परेकोले सोही अनुरुपको सम्पूर्ण खाले राहत पाउन सप्ताह व्यापी अभियान ‘आहतमा राहत’ सफलतापूर्वक पुरा गरेको छ ।
उक्त सप्ताहव्यापी अभियानको चार दिन बाढीपिडितलाई चाहिने आवश्यक औषधी, लत्ताकपडा, बस्ने खाने सामान लगायतका सामग्रीहरु संकलन गरेको फाउण्डेशनका अध्यक्ष डा.सि।के सिंहले बताउनुभयो । उक्त अभियानमा ‘रिबन इन्टरनेशनल, मिसेज नेपाल इन्टरनेशनल, किर्तिपुर जेसिस, युथ फर पिस काठमाडौं, नेपाल पब्लिक हेल्थ एसोसिएसन, लोमस फर्मास्यूटिकल्स लगायतका संस्थाले सहयोग गरे भने कतिपय व्यक्तिगत रुपले आर्थिक र सामाग्रीहरु हस्तान्तरण गरेको डा. सिंहले बताए ।
उक्त पहिलो चरणको संकलन कार्यक्रम पश्चात फाउण्डेशनले आंकलन गरेको बाढी पिडितमा पूर्ण पहुँच बनाउने उद्दश्यले प्रथम दिन सप्तरीको कोइलाडी हटियामा १२ जना डाक्टर र नर्स सहितको स्वास्थ्य शिविरको आयोजना ग¥यो जहाँ सात हजार पिडित बिरामीले निःशुल्क उपचार तथा औषधोपचार पाए ।
फाउण्डेशनले पहिलो दिनको शिविरमा पुग्न नसकेको अन्य गाउँका पिडितलाइ सहज पहुँच हुन दोस्रो दिनको निःशुल्क स्वास्थोपचार शिविर मधेपुरामा ग¥यो जसमा चार हजार बिरामीले स्वास्थय जाँच, औषधी र बाढी पछिका दिनमा फैलिन सक्ने महामारीबाट कसरी सावधान रही जोगिने सल्लाहसहितका लाभ पाए ।
फाउण्डेशनले पहिलो चरणमा संकलन गरेको राहत सामग्री बितरण गर्नुअघि अति प्रभावित, मध्यम प्रभावित र सामान्य प्रभावित परिवारको तथ्यांक संकलन प्रभावित स्थलमै गएर ग¥यो । सोहि संकलित विवरणको आधारमा फाउण्डेशनले राहत सामाग्री वितरण व्यवस्थित रुपमा सम्पन्न गरेको फाउण्डेशनका कोषाध्यक्ष देवेन्द्र राज सिंहले बताए ।
बाढीले सकरपुरा गाउँ बडा नं. १ का विपन्न ८ राम(चमार) परिवारका सबै घर पूर्णरुपमा क्षतिग्रस्त भएको र जान आउन समेत बाटो नै दलदल भएको कारणले सो परिवार पूर्ण रुपमा विस्थापित भइ गाइ बस्तुहरुलाई नजिकैको सडकको कल्भर्टमा बाँढी आफूहरु घर भएको स्थान भन्दा दुइ किमि टाढा रहेको कोइलाडी हटियाको चारै तिरबाट खुल्ला रहेको सेडमा दिन बिताइरहेको बताए । सोहि बिचलनलाई दृष्टिगत गरी उनीहरुलाई घरकै नजिकैको सडकको संकेतात्मकरुपमा बचेको कल्भर्ट नजिकै तत्कालीन स्थायी तिन टेन्ट घर निमार्ण गरिदिएको फाउण्डेशनका अध्यक्ष डा. सिंहले बताए ।
संस्थाले तत्काल सबै परिवारकोलागि स्थायी घर निर्माण गर्न सक्षम नभएपनि यो संस्था आफू सक्षम भए बमोजिम उक्त परिवारहरुलाई प्रमुख प्राथमिकतामा राखि तिन ओटा स्थायी घर, सबै परिवारलाइ पुग्ने कम्बल, त्रिपाल, लुगा, औषधीको ‘फस्ट एड बक्स’, पिउने पानी, पिउने पानीको उपचारार्थ पियुस, खानेकुरा, ‘रेडिमेड फुड प्याकेट’, ‘मातृशिशु प्याकेट र आहार’, टर्च सलाई, सिट्टि लगायतका सामग्री हस्तान्तरण गरेको बताए ।

Bhansar Bivag
Argakhachi Cement