काठमाडौ. । सत्ता गठबन्धनका अदुरदर्शी र जनविरोधी गतिविधिहरुप्रति नेपाल परिवार दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल मार्फत सत्ता गठबन्धनको चर्को आलोचना गरेका हुन । ढकालले सामाजिक सञ्जाल मार्फत लेखेका छन् । पाँच बर्षको लागी स्पष्ट जनादेश प्राप्त गरेको पार्टी र त्यसका नेताले सरकारको नेतृत्व गरिरहेको बेला अलोकतान्त्रिक तरिकाले नियोजित रुपमा घेराबन्दीमा पारेर जताततै अपारदर्शी सेटिंग गरेर सरकारलाई बिस्थापित गरि परमादेशमार्फत स्थापित सरकारले एक पछि अर्को गर्दै आएको जनविरोधी तथा राष्ट्र बिरोधि क्रियाकलापको बिरोध गरेका छन् ।
नागरिकता विधेयकमा जनभावनाको कदर नगरी राष्ट्रिय सहमति बेगर अघि बढ्नु, भागबन्डाको राजनीतिमा रमाउनु, प्रतिपक्षलाई निषेधको राजनीति गर्नु, जनजीविकाको पक्षमा असम्बेदनशिल हुनु, संविधानले नदिएका सुविधा अभ्यास गर्नु, अन्तराष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप कमजोर बनाउनु लगाएतको कारण सत्ता गठबन्धनले आफ्नो औचित्यता साबित गर्न नसकेको ढकालको दाबी छ ।
सरकारले मंसिर ४ को निर्वाचनपछि पनि अर्को नवनिर्वाचित संसद्को पहिलो बैठक नबसेसम्म अहिलेकै संसद् बहाल रहने गरी संसदमा दर्ता गराएको विधेयक औचित्यहीन र आपत्तिजनक रहेको ढकालको दाबी छ । ढकालले भनेका छन् निर्बाचनको मिति घोषणासँगै कामचलाउ हैसियतमा ओर्लिएको सरकारले संसद्कै कार्यकाल लम्ब्याउन खोज्नु राजनीतिक, कानुनी र नैतिक सबै दृष्टिले स्वैच्चाकारी र पथभ्रष्ट कदम हो । यो कदम तुरुन्त फिर्ता लिन नेता ढकालको आग्रह गरेका छन् ।
सरकारले विदेश घुम्न जाने नेपाली पर्यटकका लागि वार्षिक करयोग्य आम्दानी ४ लाख, बैंकमा २ लाख नगद मौज्दात, टिकट काट्नुअघि अध्यागमन विभागबाट पूर्व स्वीकृति लिनुपर्नेलगायत कडा सर्तसहित ल्याएको कार्यविधिका प्रावधानहरु आपतिजनक र सर्वसाधारण मारा रहेका बताएका छन् ।
पहुँचवालाका लागि सहज प्रावधान राखेर सर्वसाधारण लाइ कडा सर्त तोक्नुले सरकार न्युनतम आय भएका आफ्ना नागरिक प्रति गैरजिम्बेवार भएको भएको भन्दै तत्काल फिर्ता लिन तथा सच्चाउनु आग्रह गरेका छन् ।
मुलुक निर्बाचनको संघारमा उभियको छ । अर्बौं रुपैया खर्च गरेर सम्पन्न हुने निर्बाचनमा अब सम्पूर्ण नागरिकले आँखा उघार्नु पर्ने बेला आएको छ । वर्तमान बेतिथिको निरन्तरता कि विकास र सुशासनको नयाँ आरम्भ ? निर्बाचन पछि पनि यो गठबन्धनलाइ राज्य सत्ता संचालनको चाबी सुम्पनु भनेको थप पाँच बर्षको समयको बर्बादी हुने ढकालको बिश्लेषण रहेको छ ।