काठमाडौं, २१ बैशाख । बौद्ध धर्म गुरु १७औं ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जेको ३४औं जन्मोत्सवको अवसर पारेर ‘कर्मकग्र्यु बौद्ध परम्परा र वर्तमान स्थिति’ विषयक एक दिवशीय गोष्ठी आयोजना गरिएको छ ।
कर्मापा श्वामार्नग संघले विहिबार काठमाडौंको प्रज्ञा भवनमा उक्त गोष्ठि आयोजना गरेको हो । संघकाअनुसार भोली बैशाख २२ गतेको दिन नेपालभरीका गुम्बाहरुमा शान्तिको कामना गर्दै दीप प्रज्वलन र पूजापाठ गर्ने र २३ गतेको दिन इचंगुनारायण र रानीवनमा स्थापित श्यार मिनुव केन्द्रहरुमा बौद्ध धर्मसँग सम्बन्धित लामा, भिक्षुक, बज्रचार्य, शाक्या र हिमालमा भएका शेर्पा, योल्मोपा, पहाडमा बस्ने तामाङ र तराईमा बस्ने थारुलगायत विभिन्न समुदायहरुको व्यापक सहभागितामा समापन समारोह आयोजना गर्ने कार्यक्रम रहेको स्वागत मन्तब्यको क्रममा दावा साङ्बो योल्मोपाले जान्कारी दिएको छ । विहिबार आयोजित गोष्ठिमा कर्म कग्र्युपा बौद्ध परम्पराको बारेमा गहन छलफल गरिएको थियो ।
कग्र्युपालाई बुद्ध वचनको मूल रुपलाई अपनाउने पद्धतिको रुपमा लिइन्छ । हिमाली बौद्ध परम्पराका चार मुख्य उप सम्प्रदायमध्ये कग्र्युपा ऐतिहासिक क्रममा दोस्रो स्थानमा पर्दछ । कग्र्युपाको मूल मठाधिसलाई कर्मपा मानिन्छ र कर्म कग्र्युपा आफैंलाई चाही कग्र्युपाका अनेकौं हाँगामध्ये एउटा मूल हाँगा मानिन्छ । कर्मपाबाहेक गेदेन, दाग्पो, डिगुङ, डुगुप, श्याङ्प, ढागकार आदी हाँगाको रुपमा कग्र्यु सम्प्रदायका केन्द्रहरु स्थापित भएको देखिन्छ । कग्र्युप परम्परामा अत्यान्त आदर साथ मगधका महापण्डित सिद्ध तिलोपालाई आदिबुद्ध बज्रधर अर्थात तिब्बती भाषामा दोर्जेछाङको रुपमा मान्ने चलन छ ।
कर्मपाका विशेष शिष्य तथा धर्मप्रचार र सम्बद्र्धनको जिम्मेवारी लिदै प्राणी मात्रको उद्धारको निम्ति सहयोगीको रुपमा श्यामार्पा रिन्पोछे, ताइसितुपा, गोसिर ग्याल्छाव रिन्पोछे, जाम्गोन कोङटुल रिन्पोछे, ढुपोन दाछेन रिन्पोछे आदिकोसमेत प्रादुर्भाव र व्यवस्था मिलाइएको देखिन्छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतीले ग्याल्वा कर्मपाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै यस कार्यक्रममार्फत विश्वमा शान्तिको सन्देश फैलिने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरि कर्मापा श्यामर्नग संघका केन्द्रिय अध्यक्ष रब्सेल लोडरो रिन्पोछे ज्यू, गुम्बा विकास समितिका अध्यक्ष खेन्पो कर्म लेकशे,निवर्तमान गुम्बा विकास समितिका अध्यक्ष खेन्पो निमा दोर्जे,अन्य संघसास्थाका प्रतिनिधिहरुले शुभकामना सहित आ आफ्ना भनाइहरु राखेका छन।
सो अवसरमा डा. रमेश ढुंगेलले विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चार पृष्ठको लिखित कार्यपत्र प्रस्तुत गर्दै उहाँले तथ्यांकपरक र विश्लेषनात्मक बहसका विषय उठान गनुभएको थियो । उहाँको कार्यपत्रअनुसार नेपालको हिमालय तथा उपत्याका र आसपासका इलाकामा कर्मपाअन्तर्गत कर्म कग्र्यु तथा अन्य कग्र्यु परम्पराको संयौ वर्ष लामो प्रभाव रहेको इतिहास छ । अहिलेसम्म कर्म कग्र्यु धार्मिक, साँस्कृतिक संस्था र मुर्त अमुर्त धरोहर नेपालमै कायम रहेको छ । अहिले नागार्जुन फेदी रानीबनस्थित श्यामर रिन्पोछेको विशाल श्यार मिनुव नामक केन्द्रको सहित संयौं नेपाली गोन्पाको र विश्वम छरिएका हजारौं केन्द्रको जिम्मेवारी वर्तमान सत्रौं ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जेमै निहित रहेको पनि उहाँले कार्यपत्रमा उल्लेख गर्नुभएको छ।
कार्यक्रममा योल्मोपा, शेर्पा, तामाङ,बज्रचार्य लगायत अन्य समुदायको समेत बाक्लो उपस्थिती रहेको छ।