सफल ब्यक्ति बन्न नकारात्मक सोचहरु त्याग्नुपर्ने

प्रकासित मिति: २१ पुष २०७३, बिहीबार १२:५८

घोराही । विश्व शान्तिको लागि आत्म सन्तुष्टि अपरिहार्य भएको दाङको घोराहीमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । रुपान्तरित अलौकिक सिद्धान्तमा आधारीत ५ दिने तालिम उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले विश्वमा शान्ति कायम गर्न जात, धर्म तथा राष्ट्रियताको आधारमा बिभेद गर्न नहुने कुरामा जोड दिएका हुन् । विश्व शान्ति तथा एकिकृत परिवार संघ दाङ र सिद्धान्त अनुसन्धान महाबिद्यालय दाङको संयुक्त आयोजनामा तालिम सञ्चालन भएको छ । संघका जिल्ला संयोजक जेनी अधिकारीको अध्यक्षता तथा पद्मोदय पब्लिक नमुना माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपेन्द्र घर्ती मगरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन सत्रमा बोल्दै घर्तीले देशको मुख्य जिम्मेवारी युवाहरुको काँधमा भएको भन्दै कसरी असल बन्न सकिन्छ भन्ने कुराको खोजी गर्न आवश्यक भएकोमा जोड दिनुभयो । आत्मविश्वास तथा कुनै पनि लक्ष्यका साथ अघि बढेमा सफल हुने भन्दै उहाँले नकारात्मक सोचलाई हटाउन युवाहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पद्मोदय क्याम्पस ब्यबस्थापन समितका अध्यक्ष बमबहादुर बिसी, बिद्यालयका प्रधानध्यापक डा.कृष्णराज डिसी, पदमप्रसाद बस्नेत लगाएतकाले सफल र असल ब्यक्ति हुनको लागि पहिला आफुले म को हु भनेर चिन्न आवश्यक भएकोमा जोड दिनुभयो । मानिसले आफ्नै कारणले दुःख पाएको भन्दै सन्तुष्टि आफैमा खोज्नुपर्ने उहाँहरुको भनाई छ । संघले युवाहरुको नैतिक शिक्षा, नेतृत्व बिकास, ब्यक्तित्व बिकासका क्षेत्रमा काम गर्दै आएको छ । विश्व शान्ति तथा एकिकृत परिवार महासंघका मध्यपश्चिम संयोजक अशोक कुमार चौधरीले बिषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो । बिश्वका २ सय १० भन्दा बढी देशमा सञ्चालित यस संस्थाले युवालाई देशको जिम्मेवार ब्यक्ति बनाउन खेल्नु पर्ने भुमिका, जिवनको उद्देश्य निर्धारण, सकारात्मक सोचको बिकास लगाएतका पक्षमा काम गर्दै आएको छ । क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष तथा शान्ति दूत बमबहादुर बिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सदस्य हेमराज अधिकारीले गर्नुभएको थियो । तालिमको मुख्य प्रशिक्षकमा संघका मध्यपश्चिम संयोजक अशोक कुमार चौधरी हुनुहुन्छ भने प्रशिक्षकहरुमा रुपसिङ भण्डारी, नबिन जैशी बजगाई र हेमराज अधिकारी रहनुभएको छ । तालिममा भिक्टोरीया कलेज र पद्मोदय क्यापसका गरि ९० जना बिद्यार्थिहरुको सहभागिता रहेको छ ।

Bhansar Bivag
Argakhachi Cement