काठमाडौ । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ चिसापानिका रामप्रसाद मानन्धर दोजे लामा र संजय कुमार मानान्धर समाजबादी पार्टीमा प्रबेस गरेका छन् । पार्टी कार्यलयमा आईतबार एक कार्यक्रमका बीच समाजबादी पाटी संधिय परिषदका अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उनीहरुलाई पार्टी प्रबेस गराएका हुन् । पार्टी प्रबेस पछि बोल्दै भट्टराईले सबै मिले देशको बिकास हुन समय नलाग्ने बताउँदै आआफनो क्षेत्रबाट राष्ट्रको हितमा लाग्न आग्रह गरे । पार्टी प्रबेस गरेका रामप्रसाद मानन्धरले समाजबादी पार्टीले मात्र अव देशको निकास दिन सक्ने देखेर आफु पार्टीमा लागेको बताए ।
सोी अवसरमा समाजबादी पार्टीका युवा नेता रित बहादुर श्रेष्ठ लगायतको नेताहरु उपस्थति रहेको थियो ।