काठमाडौ । प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते हुने भएको छ।प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले मंगलबार चुनावको मिति घोषणा गरेका हुन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट मंगलबार विश्वासको मत लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ। संसदमा रहेका दुई दल नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै विपक्षमा मतदान गरेका छन्। सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार अब सभामुख नेकपा एमालेले पाउने छ।