७ मंसिर, काठमाडौं । नेपाल परिवार दलको सल्लाहाकार समितिको बैठक काठमाडौँमा सम्मपन्न भयको छ । बैठकले परिवार दलले बाम प्रगतिशील गठबन्धन संग सहकार्य गरेको ठिक भयको निष्कर्ष निकालेको छ । बैठकले बिपक्षीहरु द्वारा प्रचार गरियको भ्रम चिर्न बुद्धिजीबी बर्ग अघि सर्नु पर्ने ठहर पनि गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सम्पन्न बैठकमा प्रा. डा. श्रीराम प्रसाद उपाध्याय, डा. चुडा बहादुर श्रेष्ठ, प्रा. नारायण शर्मा गजुरेल, केशब चौलागाई, आनन्द कार्की, सुरेश केसी, सबिना कार्की, कृष्ण प्रसाद ढकाल लगायतले परिवार दल र वाम गठबन्धनलाई लाई राष्ट्रियताको पक्षमा दरिलो उभिन, समन्वयनिकारी भूमिका खेल्न र मूल्य र मान्यताको राजनैतिक संस्कारको विकास गर्न सुझाब दिनु भयको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । बैठकमा महामन्त्री बिनोद डाँगीले सल्लाहकारहरुलाई धन्यबाद दिनु भयको थियो ।