समयमता अपनाउन परिवार दलको आग्रह

प्रकासित मिति: २३ फाल्गुन २०७३, सोमबार १६:२८

सप्तरी घटना प्रति दुःख ब्यक्त
काठमाडौं । नेपाल परिवार दलले सप्तरी घटनाप्रति दुःख व्यक्त गदै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालले बिज्ञप्ति जारी गदै सप्तरीमा भएको झडपमा केही व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको भन्दै दुःख व्यक्त गदै घाइतेको उपचारमा संवेदनशील हुन सरकारलाई आग्रह गरेका छन् ।
परिवार दलले मुलुक चुनावतर्फ उन्मुख भएको बेला राजनीतिक दलहरुबीच एकता र सद्भाव कायम हुनु पर्नेमा जोड दिएको छ । परिस्थितिमा झन उत्तेजित र मुठभेडतर्फ लैजाँदा कसैलाई फाइदा नहुने भन्दै अध्यक्ष ढकालले बार्ताको माध्यमबाट समस्याको निकास खोज्न सम्बन्धीत सबैमा आग्रह समेत गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement