समसामयिक बिषयमा दुई नेता बीच छलफल

प्रकासित मिति: २१ भाद्र २०७३, मंगलवार १२:११

 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) का अध्यक्ष शिब लाल थापा बीच देशको समसामयिक राजनीतिक तथा संविधान कार्यान्वयनका बारेमा छलफल भएको छ । मङलबार भएको भेटमा संविधान संम्सोधनमा मधेशी मोर्चाले उठाएका मागका बारेमा पनि छलफल भएको भेटमा सहभागी नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार दुई नेता बिच सरकारले चैत्र भित्र गर्ने भनेको स्थानिय निकायको निर्वाचन र भूकम्प पिडतहरुको समस्याको बारेमा समेत छलफल भएको थियो । दुबै नेता के पी ओली नेतृत्व सरकारमा मन्त्री थिए । ढकाल पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि हुन् भने थापा पूर्व बिज्ञान तथा प्रबिधि मन्त्रि हुन् ।

Bhansar Bivag
Argakhachi Cement