काठमाण्डौ । सेवा गर्न इच्छा भएपछि उपाय पनि भेटिन्छ प्रहरी सेवामा रहेका रमन बुढा समाजसेवामा आफ्नै तलव काटेर बिद्यालयमा फर्निचर सहयोग गरेका छन् । कणाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिका बडा नं ५ मा जन्मीएका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासको लागि क्रियाशिल छन् । गाउँँका सबै ब्यक्ति शिक्षित भएमात्र समाजको बिकास गर्न सम्भव हुने भन्दै त्यस क्षेत्रका शैक्षिक संस्थाहरुको बिकासमा क्रियाशील छन् ।
आफ्नो जागीरबाट प्राप्त हुने पैसालाई उनले परिवार लालन षोषण भन्दा पनि उनि समाज बिकासको लागि लगानी गरेर त्यस गाउँको मात्र हैन समग्र देशकै उदारणिय ब्यक्ति बनेका छन् ।
उनले २०७४ सालमै संकर आधारभूत बिद्यालयमा बिद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पुगोस भनेर फलामे डेक्स बेन्छ बनाएर बिद्यालयलाई प्रदान गरेका छन् । यति मात्रहैन उनले गंगा मा.बि पेरे, सरस्वती माबि रिनी र मालिका मा.बि लोटचौरमा समेत बुढाले भौतिक सामग्री डेक्स बेन्छ बनाईदिएका छन् ।
यस अधि ती बिद्यालयका बिद्याथीहरु भुईमै बसेर अध्यन गर्दथे त्यसैले मैले उनीहरुको पीडालाई आफ्नै पिडा ठानेर सहयोग गरेको रमन बुढाले बताए ।