काठमाडौँ । बुढानिलकष्ठ नगरपालिका १० कपन बालुवाखानीमा पेशा र ब्यबसाय संञ्चालन गरेररे बसेका कालीगढहरुले समिति निर्माण गरेर नै विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् । श्री श्री १०८ बिश्वकर्मा बाबा पुजा समितिले पुर्जा अर्चना तथा साँस्कृतिक कार्यक्रम गरेर मनाएका छन् । उनिहरुले सिकर्मीहरु एक जुट भएर बिश्वकर्मा बाबाको पुजा गनुपर्ने सन्देश समेत दिएका छन् ।
बुढानिलकष्ठ नगरपालिका बडा नं १० स्थीत बालुवाखानी चोकमा रहेको सार्बजनीक स्थानमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा सहभागि भएका काठमाण्डौ क्षेत्र नै ४ का सांसद एवम् पूर्वमन्त्री गगन कुमार थापाले कपन क्षेत्रमा समिति नै निर्माण गरेर कार्यक्रम गरिएको पहिलो पटक भएको भन्दै यसलाई थप ब्यबस्थित बनाएर हरेक बर्ष यस्तो कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
उनले आझ सानो संख्यामा उपस्थीत भएर सामुहिक पुजा कार्यक्रम गरिएको भएपनि भबिश्यमा यस्ले ठूलो आकार लिने बताउँदै यस्को लागि आफुले सक्ने सहयोग गर्ने बताए ।
बुढानिलकष्ठ नगरपालिका बडां नं १० का बडा अध्यक्ष नवराज भट्टराईले बालुवाखानीमा रहेको सार्वजनीक जग्गामा पहिलोपटक कार्यक्रम आयोजना गरेर यस्को सदुपयोग गरेको भन्दै आगामी दिनमा यस्ता सार्वजनीक कार्यक्रमहरु यहि स्थानमा गर्नको लागि आवश्यक तयारी थाल्ने बताए ।
उनले अर्को बर्ष बिश्वकर्मा पुजाको बेला कपन क्षेत्रको बाटो पीच भईसक्ने बिश्वास ब्यत गदै बडाले बाटो निर्माण खानेपानी लगायतको ब्यबस्थापनमा निरन्तर लागिरहेको जानकारी दिए ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
यही सम्झनामा नेपालका कालीगढहरुले कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन सोमबार भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गरे । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास छ । आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाएका छन् ।
श्री श्री १०८ बिश्वकर्मा बाबा पुजा समितिका अध्यक्ष राम नारायण शर्मा सभापतित्वमा भएको कार्यक्रमकमा समितिका उपाध्यक्ष बिन्देश्वरी शर्मा कार्यक्रम संयोजक बिकास शर्माको सक्रियतामा गरिएको हो । सो कार्यक्रमा राष्ट्रिय कलाकारहरु रेजिना मर्हजन ,नबल राई, रबिन मगर, कमल तामाङ याङला कृयु लगायतका कलाकारहरुले बेजोड साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । समारोहमा सयौको संख्यामा उपस्थीत रहेको थियो दिउँसो २ बजेबाट शुरु भएको कार्यक्रम राती ७ बजे सम्म सञ्चालन गरिएको साँस्कृतिक कार्यक्रमका संयोजक तेन्जी मोक्तान लामाले जानकारी दिए ।