सम्पति शुद्धीकरणका लागि दैनिक निवेदन बढे

प्रकासित मिति: १ आश्विन २०७४, आईतवार १५:२२

काठमाडौँ, १ भदौ (रासस) ः अकूत सम्पति कमाएको भन्दै सम्पति शुद्धीकरण गराई दिन दैनिक निवेदन पर्ने गरेको एक कार्यक्रममा जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल युथ चेम्बरले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा आज यहाँ गरेको अन्तरक्रियामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सम्पत्ति शुद्धीकरण गराउनुपर्ने भन्दै विभागमा दैनिक ४० देखि ५० वटा निवेदन पर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण आवश्यक रहेको भन्दै बदमासी नगरी मिहेनतबाट जतिसुकै सम्पत्ति कमाए पनि त्यो वैध हुने प्रस्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यावहारिक तरिकाबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइका निर्देशक रामु पौडेलले अन्तर्राष्ट्रिय मूल्य मान्यतामा आधारित रहेर आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिकुमार नेपाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानले दुई छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

Bhansar Bivag
Argakhachi Cement