सम्वृद्ध राष्ट्रको लागि सपना देख्न सुरु गरौ

प्रकासित मिति: २ आश्विन २०७३, आईतवार ११:५८

—नवराज दाहाल
हामी प्राकृतिक, भौगोलिक अनि सामाजिक रुपमा पनि अत्यन्त सम्वृद्ध रहेको राष्ट्रका नागरिक हौ । यहाँ मनोरम अनि सर्वच्व हिमशिखर सगरमाथा देखि लिएर, विश्व शान्तिका केन्द्र अनि शान्तिको अग्रदुत भगवान गौतमबुद्ध, विश्वभरका बौद्धमार्गिहरुको आस्थाका केन्द्र लुम्बीनी पनि हाम्रै देशमा पर्दछ । त्यसदेखि वाहेक प्राकृतिक सुन्दर शहर पोखरा, हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर, हाम्रीचेली सिता र उनको माईती जनकपुर मिथीलानगर, जुन अत्यन्त महन्वपूर्ण धार्मिक महन्वको ठाउँ हो । यि हाम्रा महत्वपूर्ण राष्ट्रिय सम्पदा हुन ।
यसदेखि बाहेक प्राकृतिक श्रोत साधन, वनजंगल, जडीबुटी, उर्जाको श्रोत प्रसस्त नदीनाला आर्थिक विकासको श्रोतहरु हुन् ।संग संगै छोटो दुरीमा फरक–फरक हावापानी पाउनु, सानो भूगोलमा धेरै जातजाती अनि भाषा भाषीको बसोवास हुनु जुन बगैचामा रहेको रंगीचंगी पूmल जस्तै हुन् । जसले गर्दा विकासको प्रसस्त मात्रमा सम्भावना रहेको छ भन्न सकिन्छ ।
तर विडम्वना आज हामी संसारको सबैभन्दा गरिब देशको नागरिक बनेका छौँ । नेपालीहरु अहिले अभाव नै अभावको विचमा गुज्रीएको अवस्था हो । कारण लामो समय देखि व्यक्तिबादी राजनीती हावी हुनु १०४ वर्षका जहानिया राणाशासन प्रमुख कारण हो । तत्कालिन यती लामो समय यि राणा शासकहरुले आफ्नो परिवार भन्दा माथि उठेर देश र जनताको लागि केही पनि गरेनन् उल्टै अधिकार खोज्नेहरुलाई कठोर याताना सहित मृत्युदण्ड दिइयो । जनताको अधिकारलाई पैतालाले कुल्चेर राखियो ।
२००७ सालमा नाम मात्रको प्रजातन्त्र स्थापना त भयो तर अशिक्षा, गरिबी, अज्ञानताको कारण जनतामा चेतनाको स्तर न्यून थियो । जसको फलस्वरुप २०१७ मा फेरी पनि राजा महेन्द्र एक तन्त्रिय पञ्चायती व्यवस्था घोषणा ग¥यो, जसले फेरी पनि ३० वर्ष सम्म जनताको अधिकार कुन्ठीत गरीयो । र पञ्चायतिको विरुद्धमा लाग्नेलाई कठोर यातना सहितको सजाय दिइयो । नेपालको इतिहासमा यति लामो कालखण्डमा शासकबाट न त जनतालाई अधिकार नै दिए न त राष्ट्रलाई विकास नै गरे । झन राष्ट्रलाई गरिब बनाउदै गए । परिणाम स्वरुप पटक पटक नेपाली जनताले राजनितीक अधिकारको लागि लडाइ लडि नै रहनु प¥यो । यो समयमा कोही कसैको देश विकासमा ध्यान जानै सकेन ।
तर अहिले समय परिवर्तन भएको छ । नेपाली जनताले आफ्नै हातले संविधान बनाएका छन् । संविधानमा केही कुराहरु अपुरा हुन सक्छन् त्यसलाई पुरा गर्दै लैजान सकिने छ । अब कुनै पनि कसुर बाँकी नराखि हामी सबैको सपना आर्थिक विकासमा हुनु पर्दछ, समृद्ध राष्ट्र निर्माणमा हुनु पर्दछ । जसरी हामीले अभावको विचमा हाम्रो महत्पूर्ण जीवन गुजा¥यौ, हाम्रा सन्ततीहरुको लागि सपना देख्न शुरु गरौ । समृद्ध नेपालको नागरिक बन्ने अनि सुन्दर र विकसित राष्ट्रको मालिक बन्न उत्साहित भएर लागौँ । हाम्रै पालामा सपना देख्न सुरु गरौ । आज धेरै विदेशमा श्रम गरिरहेका यूवाहरु फर्कन तयार भएर बसेका छन्, हामिले सम्भावना देखाउन सक्नु पर्छ । आफ्नै देशमा अनि ठूलाठूला उद्योगपतिहरु पर्खेर बसेका छन्, देश भित्र नै लगानि गर्ने वातावरण बनाउनु पर्दछ । नेपालमा लगानी गर्ने हामीले छिमेकी राष्ट्रहरुसँग सहकार्य गरेर लगानीको वातावरण बनाउ । लगानीको लागि प्रशस्तै सम्भावनाहरु छ । पर्यटन क्षेत्र पुरै खाली छ, उर्जाको क्षेत्र त्यस्तै छ, वैज्ञानिक उन्नत किसिमका कृषि केन्द्रहरु निर्माणको सम्भावनाहरु त्यतिकै छ । त्यो भन्दा पनि अव ढिलो नगरी ठूलाठूला राजमार्गको काम दु्रत गतिमा हुनु पर्दछ । रेलमार्गहरु बन्न सुरु हुनु पर्दछ । निजी क्षेत्रले तराईमा ठूलाठूला व्यवस्थित अपार्टमेन्ट र व्यवस्थित व्यवसायिक सपिङ्ग सेन्टरहरु निर्माण गर्नु पर्दछ । यहाँ अब ढिलो नगरी मुख्य मुख्य शहरमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नु पर्दछ । निजी क्षेत्र र सरकारी क्षेत्रहरुको पार्टनरसिपमा वा छिमेकी दात्रिराष्ट्रहरुलाई विश्वासमा लिएर हरेक मुख्य मुख्य शहरमा ठूलाठूला रंगशालाहरु निर्माण हुनु पर्दछ ।
स्थानिय स्तर वा जनस्तरबाट स्थानिय शहरहरुको रुपरंगमा परिवर्तन ल्याउनु पर्दछ । ठूला शहरहरुको नजिक सुन्दर पार्कहरु निर्माण गरिनु पर्दछ । हरेक शहरलाई व्यवस्थित र हरित शहरको रुपमा विकास गरिनु पर्दछ । नागरिकहरुका अधिकार र जिम्मेवारीलाई एकैसाथ लीन उत्प्रेरित गर्नुपर्दछ । सम्भव भएसम्म नेपाललाई अर्गानिकयुक्त कृषि राष्ट्रको घोषणा गर्न पहल गर्नु पर्दछ । हरेक टोलटोलमा विहान सबेरै उठेर योग, ध्यान, गर्न सम्भव भएसम्म सामुदायिक भवन स्थापना तथा योग गुरु तयारी गरी योगा कक्षा संचालन गर्नु पर्दछ ।
नेपाली नागरिक विचमा सम्मान, पे्रमभाव तथा सांस्कृतिक आदान प्रदानको संस्कार विकास गर्नु पर्दछ । मात्र राजनितीक दलहरुमा इमानदारिपूर्वक देश विकास गर्ने इच्छाशक्त्ति हुनु पर्दछ । त्यसैले अब देशभित्र सबै कुराको निकासको एकमात्र विकल्प आर्थिक विकास हो भन्ने कुरा मनन् गरी कुनै पनि जिम्मेवार नागरिकले ढिलो नगरी गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा योगदान गरौ । हाम्रा सन्ततिहरुले हामी सबैलाई सधै भरी सम्झिरहने वातावरण निर्माण गरौँ ।
लेखक , नयाँ शक्ति नेपालका युवा नेता हुन्

Bhansar Bivag
Argakhachi Cement