सरकारले तोक्यो सातै प्रदेश प्रमुख र अस्थायी राजधानी

प्रकासित मिति: ३ माघ २०७४, बुधबार १३:५३

धनकुटा र दाङ अस्थायी राजधानी नतोकीएको भन्दै आन्दोलन शुरु

काठमाडौं– सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ ।  मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको छ ।

विभिन्न  दलका नेता  र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो । अस्थायी राजधानी तोकीएकोमा असन्तुष्टी जनाउदै धनकुटा र दाङ तोकीनु पर्ने भन्दै आन्दोलन शुरु भएको छ । सरकारको निर्णयको विरोधमा धनकुटामा प्रदर्शनसहित क्षेत्रीय प्रशासकसहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ । उता प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि विरोध भएको छ ।

बैठकले प्रदेश प्रमुख पनि तोकेको छ ।  बैठकको  निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा ,   प्रदेश नम्बर २  को प्रमुखमा  रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा  अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा  उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा  दुर्गा खनाल र ७ को प्रमुखमा  मोहनराज मल्ललाई तोकिएको  छ ।

Bhansar Bivag
Argakhachi Cement