काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिको नेपाल परिवार दलले स्वागत गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत स्वागत गरेका हुन् ।
लामो समयदेखि देश विखण्डनको एजेण्डा बोकेर पृथकतावादी गतिविधि गर्दै आएको समूहलाइ देशको सार्वभौमिकता, अखण्डता र अविभाज्य नेपाललाई मनाएर शान्तिपूर्ण राजनीतिमा ल्याउनु महत्वपुर्ण उपलब्धि रहेको परिवार दलको ठहर छ ।
ढकालले भनेका छन् पृथकतावादी विचार र विखण्डनकारी सोच बोकेर हिडेकालाइ राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु सबै देशभक्तहरुको लागि सुखद समाचार रहेको जनाए । “नेपाल परिवार दलको राष्ट्र जागरण अभियान तिब्र बिकासको लागि सकारात्मक बाताबरण“ भन्ने नाराका साथ् परिवार दलले धनगढीबाट शुरु राष्ट्र जागरण अभियानको उद्धेश्यमा पनि यस सहमतिले बलियो मद्धत गरेको उल्ल्ोख गरेका छन्