काठमाडौं । गायिका तथा समाजसेवी सविना कार्कीको तेस्रो गीति एल्बम ‘सार्थक’ सार्वजनिक भएको छ । कार्कीको सो एल्बमका गीतकार दिनेश अधिकारी, गायक आनन्द कार्की, स्वरूपराज आचार्यले संयुक्त रूपमा शुक्रबार सार्वजनिक गरे । सो एल्बममा ६ वटा गीत समावेश गरिएको छ । सचिन सिंह, सञ्जय खड्गी, बिबी अनुरागी, अनिल शाही र शम्भुजित बास्कोटाको संगीत रहेको सो एल्बममा श्रीपुरुष ढकाल, दिनेश अधिकारी, अनिल शाही, प्रकाश पुञ्ज, प्रविन दाहाल र गायिका कार्कीको शब्द छ । सो एल्बममा समावेश गरिएको ‘हिसाब किताब’ बोलको गीत भने कार्की आफैंले शब्द सिर्जना गरेकी हुन् भने संगीत पनि आफैंले भरेकी छन् । ‘रुनु पर्ला भन्ने डरले’ बोलको गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । कार्कीको गीति एल्बम सार्वजनिक कार्यक्रममा मन्जु कार्की लामिछाने, गीतकार दिनेश अधिकारी गायक आनन्द कार्कीलाई सम्मान गरिएको थियो