साँखुका २४ भूकम्पपिडित परिवारले पाए बाखा्

प्रकासित मिति: ७ माघ २०७५, सोमबार ०२:५५

काठमाण्डौ माघ ७ । बिपन्न तथा भुकम्पपिडितहरुलाई दुई लाख पचास हजार बराबरको बाखा्र बितरण गरिएको छ । हेरचाह नेपाल नामक गैरसरकारी संस्थाले आईतबार शंखारापुर न.पा ८ साँखु स्थीत पालुबारीमा रहेका बिपन्न तथा भुकम्पपिडितहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन स्वरुप बाखा्र बितरण गरेको हो । शंखारापुर न.पा ८ का वडा सचिव न्युछे बहादुर नकर्मीले पालुबारी क्षेत्रका २४ परिवारलाई बाखा्र बितरण गरेका थिए ।
वितरण पछि बोल्दै बडा सचिव नकर्मीले भूकम्पपिडित तथा बिपन्न समुदायले आत्मनिर्भर तथा स्वारोजगार बनाउन संस्थाले गरेको कार्य प्रशंसनिय भएको उल्लेख गदै यस्ता कार्यक्रमहरुमा वडाले जहिले पनि सहयोग गर्ने बताए ।
नकर्मीले यस्ता स्वरोजगार मुलक कार्यक्रम संञ्चालन गर्ने संस्थासँग वडाले पनि मिलेर काम गर्ने बताउदै बाखा्र पाएका बिपन्न समुदायले यसलाई बिउको रुपमा लिएर यसबाट राम्रो काम गर्ने सुझाव दिए ।
समाजसेवी पुस्कर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा हेरचाह नेपालको अध्यक्ष प्रकाश डंगोल उपाध्यक्ष गिता गिरी सचिव रघु थापा लगायतले अगामि दिनमा यसै संस्थाको पहलमा बेमौसमी तरकारी खेतीको तालिमको ब्यबस्थापन पनि बिपन्न र भुकम्पपीडित समुदायमै केन्द्रीत रहेर गर्ने जानकारी दिए ।
संस्थाले उपलब्ध गराएको बाख्रा पाएपछि संगिता थापा, राममायाँ श्रेष्ठ, प्रतिमा नेपाली , तया कुमारी गिरी लगायतले अव यो बाखा्रलाई राम्रो हेरबिचार गरेर यसबाट आर्थिक जीवन स्त्तर अगिाडि बढाउन सहयोग पुग्ने बताए । उनीहरुले अझ संस्थाले शिपमुलक तथा रोजगार मुलक कार्यक्रम ल्याउन पनि आग्रह गरे ।
बाखा्र बितरण परियोजनाको लागि हेरचाह नेपाललाई लेस्ले युएसएले सहयोग उपलब्ध गराएको थियो ।

Bhansar Bivag
Argakhachi Cement