काठमाडौ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले तिज पर्ब साँचो प्रेम र आपसी एकताको प्रतिक भएको बताएका छन् । काठमाडौँमा आयोजित एक तिज कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले तिज पौराणिक कालदेखि चलिआएको एक परम्परामा मात्र सिमित नरही आधुनिक युगमा पनि नारि सशक्तिकरण, मौलिक मनोरंजन तथा पारिबारिक पुनर्मिलनको तेजिलो माध्ययम बनेको बताए । उनले तीजमा दिदीबहिनीहरुले गाउने सुमधुर गीतले शान्तिको संदेश दिएको अनुभूति भएको बताए ।
पूर्व मन्त्रि समेत रहेका ढकालले नेपाल संस्कृतिको धनि राष्ट्र भयएको उल्लेख गर्दै राज्यले आफ्ना नागरिकले मनाउने सांस्कृतिक पर्बहरुको प्रबद्धनमा जोड दिदै बिबाह गरेर घर गएका आफ्ना सबै दिदी बैनिहरुहरु तिजको पर्वमा माइती आउँदाको चहलपहल असाध्यै रमाइलो लाग्ने स्मरण समेत गरे । उनले पर्वको नाममा भित्रिने विसंगति प्रति चनाखो रहन भने सबैलाई आग्रह गरे ।