साँसदको सपथ बिनै प्रधानमन्त्री बन्दै ओली

प्रकासित मिति: ३ फाल्गुन २०७४, बिहीबार ०५:१८

गिरजाप्रसाद कोइरालाको सरकार सपथ नगरी गठन भएको नजिर

एमाले र माओवादी केन्द्रले शुक्रबार सरकार गठनका लागि राष्ट्रपतिसमक्ष बिहिबार दाबी पेश गरेपनि सांसदको सपथ भइनसकेकाले कतिपयले अहिलेनै नयाँ सरकार गठन हुन नसक्ने आशंका समेत व्यक्त गरेका छन् । संविधानमा प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य भएको हुनुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभाको सदस्यले सांसदका रुपमा काम सुरु गर्न सपथ लिनुपर्ने कतिपय कानूनविद्को भनाई छ । कतिपयले भने निर्वाचित भइसकेको प्रमाणपत्र निर्वाचन आयोगले दिइसकेकाले सपथ पछि लिएपनि हुने तर्क गरेका छन् ।

कानूनविद् सूर्य ढुंगेल प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य हुनैपर्ने भएकाले त्यसअंघि सपथ लिनुपर्ने बताउँछन् । अहिलेकै प्रधानमन्त्रीले संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र १–२ दिनमै संसद बोलाएर सपथ लिएपछि मात्र नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु गर्नु उपयुक्त हुने उनको तर्क छ ।

कानुनवीद राधेश्याम अधिकारी सपथ बाध्यकारी नभएपनि नैतिकतासँग जोडिने बताउँछन् । सांसदको सपथ नलिई प्रधानमन्त्री बन्न कानूनी अडचन नदेखिएपनि सविधानको भावना भने उल्लंघन हुने उनको भनाई छ ।
निर्वाचन आयोगले सांसदको प्रभाणपत्र दिइसकेकाले प्रधानमन्त्री बन्न सपथले नरोक्ने उनीहरूको तर्क छ ।

एमालेका नेता पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ सपथको विवाद सरकार अझै केही समय लम्वयाउन सकिन्छ कि भन्ने मनसायले आएकोे दावी गर्छन् ।

विगतमा गिरजाप्रसाद कोइरालाको सरकार सपथ नगरी गठन भएको नजिर संवैधानिक ब्यवस्था सबै हिसावले नयाँ सरकार गठन गर्न वाधा नभएको उनको भनाई छ ।

Bhansar Bivag
Argakhachi Cement