फागुन बैकक। ब्यबस्थापिका संसदका सांसदहरु एकनाथ ढकाल, रामहरी खतिवडा, विकास लम्साल र डा. सुबोध पोखरेलले थाईल्याण्डमा उपचारार्थ पूर्व अर्थ मन्त्रि तथा एकीकृत माओबादीका नेता बर्षमान पुनलाई भेटगरी स्वास्थ्य लाभको कामना गर्नु भयको छ । सांसदहरु बैंकक स्थित समितिभेज अस्पतालमा पुगी नेता पुनको स्वास्थ्य लाभको कामना गर्नु भयको यात्रामा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । साथै पति पुन संगै रहनुभयकी सभामुख ओनसरी घर्तिमगर संग पनि सांसदहरुले छलफल गर्नु भयको थियो । चारैजना सांसदहरु फिलिपिन्सको मनिलामा हुने इन्टरनेशलन अशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि ) को एशियाली सांसदहरुको सम्मेलनमा भागलिन जादै हुनुहुन्छ । पूर्व मन्त्रि तथा सांसद एकनाथ ढकाल केहि समय अघिमात्र आइएपिपि एसियाको अध्यक्ष हुनुभयको थियो ।