“शान्ति संबेदनशील बिकासको अबधारणा, अन्तरधार्मिक तथा अन्तर-सास्कृतिक आयोग, नैतिक शिक्षा”
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नबिन सुझाब दिएका छन् । सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सुझाब दिएका छन् । सांसद ढकालले पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै हस्पिटालिटी ब्यबशाय लाई प्रोत्शाहन गर्नुका साथै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा संचालन गर्ने सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका ढकालले जलबिधुत विकासमा जोड दिदै जलाशययुक्त बुढी गण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथासिघ्र निर्माण कार्यको थालनी गनुपर्नेमा जोड दिएका छन् ।
पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक नरहेको भन्दै “राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान नेपाली अर्थतन्त्र चुनौतिपूर्ण रहको सांसद ढकालको बिश्लेषण छ । सांसद ढकालले वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको नभएको नभई कर्मकाण्डी मात्र भएको भन्दै विधेयकको परिमार्जन र पुनर्लेखनमा जोड दिएका छन् ।
सांसद ढकालले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ भन्दै परम्पराको निरन्तरताले मात्रै नयाँ लक्ष्य हाँसिल हुन नसक्ने बताए । ढकालले भने “बिनियोजन विधेयकका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा, “वातावरण मैत्री बिकासको अबधारणा“ नैतिकवान समाजको सृजना र मानबिय मुल्यमान्यताको जगेर्ना पनि हो“। आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने उनको भनाइ थियो । सांसद ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हाँसिल गर्न आगामी बजेट केन्द्रित हुनु पर्ने बताउदै १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि समृद्धिका ३२ वटा सूचक र सुःखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको प्रसङ्ग स्मरण गर्दै आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गरे ।
सांसद ढकालले उठाएका तीन प्रमुख नबिन बिषय
१,शान्ति संबेदनशील बिकासको अबधारणालाई बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गर्ने । राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दु वाट द्धन्दको बिजारोपण हुन्छ भन्दै सामाजिक न्याय र शान्ति प्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको बताएका छन् ।
२, सामाजिक सदभाव, ऐक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक “अन्तरधार्मिक तथा अन्तर–सास्कृतिक आयोग गठन गर्ने सोच अघि बढाऊने
२, नैतिकवान समाज सृजनाको लागि बिधालय स्तर वाट नैतिक शिक्षा लागु गर्ने । पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्ने । अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले नेपालको असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्ने । परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक सहायता रोक्ने र सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्ने खालको बजेट ल्याउन सरकारलाई सुझाब दिएका छन् । नेपाल परिवार दलका सस्थापक समेत रहेका ढकालले निरन्तर अन्तर–धार्मिक एकता, पारिवारिक मूल्यमान्यताको जगेर्ना तथा नैतिकवान समाजको सृजना लगाएतका बिषय उठान गर्दै आएका छन् ।