अस्ट्रेलिया। मित्र राष्ट्र अस्ट्रेलियाको भ्रमणमा रहनु भएका संघिय सांसद एकनाथ ढकालले अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसन संग भेट गर्नु भएको छ। अस्ट्रेलियाका वर्तमान सांसद समेत रहेका निबर्तमान प्रधानमन्त्री मोरिसनको सचिवालयमा भएको भेटमा आपसी हित, क्षेत्रीय तथा अन्तराष्ट्रिय साझा मुद्दाहरूको सम्बोधनमा साझेदारी लगाएत बिषयमा कुराकानी भएको ढकालको सचिबालयले जनाएको छ। स्कट मोरिसन सन् २०१८ देखि २०२२ सम्म अस्ट्रेलियाको प्रधानमन्त्री थिय । अस्ट्रेलिया विश्वको १४औं ठुलो अर्थतन्त्र भएको देश हो ।पूर्व मन्त्रि समेत रहेका ढकालले अस्ट्रेलियामा २ दिन रहदा लेवर पार्टीका बिधायकहरु लिन्डा वोल्त्ज़, आन्थोनी आडम लगाएत संग पनि नेपाल र अस्ट्रेलिया बिचको जनस्तरको सम्बन्ध थप घनिष्ट बनाउने बारे छलफल गरेका थिए।
न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूत दीपक खड्काले सांसद ढकाललाई सिड्नी स्थित महावाणिज्य दुताबासमा स्वागत गरि गतिविधिहरु जानकारी गराएका थिए। सांसद ढकालको भ्रमण अति छोटो र सबै कार्यक्रम पुर्बनिर्धारित भएकोले नेपालीहरु संगको अन्तरक्रिया गर्न नसकेको ब्यबसायी दिल्ली ढकालले बताए। सांसद ढकालको भ्रमणको संयोजन समाजसेबी सन्तोष न्यौपानेले गरेका थिए।