सांसद राजबंशीको पहलमा काली खोलामा पुल निर्माण

प्रकासित मिति: १७ असार २०७४, शनिबार ०७:२८

काठमाण्डौं । ब्यबस्थापीका संसदकी सदस्य मिलन कुमारी राजबंशीको पहलमा झापाको मेचिनगर आठमा पक्की पुल निमार्ण भएको छ । सांसद राजबंशीको सासद बिकास कोषको सहयोग पाएपछि दुई गाउँ जोडन पुल निर्माण सम्भव भएको हो ।
मेचिनगर ८ टोकला चिया बगान र सालघारी वस्ती जोड्ने कालिखोलामा पुल निर्माण भएको पूल निर्माण समितिका अध्यक्ष बिक्रम गिरीले जानकारी दिए । उनले भने यदि सांसद राजबंशीले सहयोग नगरेको भए यो पुल बन्ने नै थिएन् ।
यतिमात्र हैन सालघारी कै राजपैनि वारि र पारिको गाउँलाई जोड्ने कल्भर्ट्को निर्माण पनि गरिएको छ । यो निर्माणसँगै स्थानीयवासिमा आफ्नो आवश्यकता र खाचो सांसद राजबंशीले पुरा गरेको बताए ।

Bhansar Bivag
Argakhachi Cement