काठमाडौं पुस १८ । भखरै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा ललितपुर क्षेत्र १ बाट निर्वाचीत सांसद एवम् पूर्वडीआईजी नवराज सिलवाललाई प्रहरी परिसरले पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेकोबताएका छन् ।
आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न एक साता अगाडि फैसला गरेको थियो ।