ढकालद्वारा मित्र राष्ट्र सामोआ का प्रधानमन्त्री संग भेटवार्ता
४ साउन, २०७६ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले साउथ प्याशिफिकका विभिन्न मित्र राष्ट्र हरुको भ्रमण गरि नेपाल संगको सम्बन्ध बिस्तारमा क्रियाशिल रहेका छन् । नेता ढकालले नेपाल देखि टाढा रहेका तथा खासै आदान प्रदान नभयका टापु देशहरु फिजी, सामोआ लगायतको पटक(पटकको भ्रमणमा जन स्तरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुका साथै उच्च स्तरमा पनि भेटघाट गरि नेपालको पछिल्लो राजनैतिक विकासको बारे अवगत गराउनु भयको ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
केहि दिन अघि मात्र पूर्व मन्त्रि ढकालले अस्ट्रेलियाको संसद भवनमा आयोजित ूवर्तमान समयका चुनौतीहरु र समाधानू बिषयक बिशेष अन्तरक्रिया कार्यक्रममा नेपालको सफल शान्ति प्रक्रिया विश्व समुदायको लागि एक सकारात्मक संदेश हुने धारणा राख्नु भयको थियो ।
त्यसको लगतै फिजी पुगेका ढकालले त्यहाँ आयोजित एक उच्च स्तरिय कार्यक्रममा ूक्षेत्रीय शान्ति र सह(संमृद्धि ू बिषयमा प्रबचन दिनु भयको थियो । उक्त कार्यक्रममा ५१ सदस्यीय फिजी संसदका १५ जना सांसद, विभिन्न देशका राजदुतहरु तथा नागरिक र सामाजिक र निजि क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो । नेता ढकालले फिजीमा रहदा उच्च स्तरिय भेटघाट पनि गर्नु भयको थियो ।
त्यस पश्चात स्वतन्त्र राज्य सामोआ पुग्नु भयका ढकालले त्यहाका राष्ट्र प्रमुख अफिओगा टुइमलेअलीफ़नो वालेतोया सुअलौवी द्दितीय संग शिष्टाचार भेट गरि रात्री भोजमा सहभागी भयका थिय। त्यसै गरि पूर्व मन्त्रि ढकालले सामोआका प्रधानमन्त्री टुइलेप आइओनो सैलेले मालिएलेगोइ संग प्रधानमन्त्री कार्यालयमा भेटघाट गर्नु भयको थियो। सामोआ र नेपाल बीच सन् २०१३ मा कुटनैतिक सम्बन्ध स्थापना भयको थियो ।
यहि मङ्सिर १४(१७, २०७५ मा काठमाडौँमा आयोजित एशिया प्याशिफिक समिटमा सामोआ का राष्ट्र प्रमुख तथा फिजी का सभामुखले नेपालको भ्रमण गरि समिटमा भाग लिनु भयको थियो ।दुइ पटक मन्त्रि तथा सांसद भै सक्नु भयका ढकालले नेपालको कुटनैतिक मिसन नभयको देशमा पुगेर गर्नु भयको उच्च स्तरीय भेटघाट तथा अन्तरक्रियाले नेपालको कुटनीति लाइ विस्तार गर्नुको साथै देशको गरिमा उच्च बनायको छ ।ढकाल ूइन्टरनेशनल एशोसियसन अफ पार्लियामेन्टरियान फर पिसू ९आइएपिपि ० एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत हुन् ।