काठमाडौ । प्रतिनिधि सभाको निर्बाचन २०७९ मा समानुपातिक निर्बाचन प्रणाली मार्फत प्रतिनिधि सभाका सदस्यमा निर्बाचित भइ पद तथा गोपनियताको सपथ लिएका सांसद एकनाथ ढकालले सम्पूर्ण मतदाता, नेकपा एमाले, नेपाल परिवार दल र सुभेच्छुक सबैमा हार्दिक आभार ब्यक्त गरेका छन् ।
सामाजिक संञ्जाल फेसबुक मार्फत सबैप्रति आभार ब्यक्तगदै सांसद ढकालले देशको कानुन निर्माण गर्ने जस्तो गरिमामय सांसद पदको जिम्मेवारी दिएकोमा संसदमा जनताको आवाज बोल्ने बताए । नेपाल परिवार दलले बिगत पाँच बर्ष देखि निरन्तर नेकपा एमाले संगको सहकार्य गर्दै आएको हो र आगामी दिनहरुमा पनि राष्ट्रिय आबस्यकता अनुसार हाम्रो सहकार्यले निरन्तरता सांससद ढकालको भनाई छ ।
सांसद ढकालले संसदको यस कार्यकाल नेकपा एमालेको संसदीय दलको एक जिम्वेवार सदस्य भएर आफ्नो भूमिका निर्वाह गर्ने बताउँदै राष्ट्रियताको संरक्षण, शुशासन, संमृद्धि, नेपालीको एकता, असल मुल्यमान्यताको जगेर्ना, सुसंस्कृत समाज निर्माण र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागी पहलकदमी लिने ढकालको भनाई छ ।
सासद ढकालले तेश्रो कार्यकालमा मुलभूत रुपमा जनसरोकारका अत्यन्त जरुरि सावालहरुको सम्बोधनलाइ प्राथमिकता दिने बताउँदै ढकालले सम्पूर्ण नेपालीको साझा जन प्रतिनिधिको रुपमा कार्य सम्पादन गर्न सबैको सहयोग र सल्लाहको अपेक्षा समेत गरेका छन् ।