प्रकासित मिति: २४ फाल्गुन २०७३, मंगलवार १४:२७
अभ्यास बिनाको आदर्श निरर्थक र खोक्रो हुन्छ ः पूर्वमन्त्रि ढकाल
२४ फागुन, मनिला, फिलिपिन्स । इन्टरनेशलन एशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) को एशियाली सांसदहरुको सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा मङलबार सम्पन्न भएको छ । सम्मेलनमा एशियाली राष्ट्रका सांसद, मन्त्रि तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा फिलिपिन्सका पूर्व सभामुख होसे डेभेनेशिया, वर्तमान उपसभामुख गेन्दोलीन गार्सिया, क्याम्बोडिया र श्रीलंकाका मन्त्रीहरु, फिलिपिन्सका गभर्नरहरु, विभिन्न देशका सांसदहरु तथा बिज्ञहरुले बोल्नु भएको थियो । आइएपिपि एशियाका अध्यक्ष एबम सांसद एकनाथ ढकालले सम्मेलनमा बोल्दै पुरानो ढाँचाको शासन पद्धति अन्त्य भई नबिन र बैज्ञानिक युगको आगमन भएको बताउदै आदर्श र मूल्य मान्यताहरु लाई यथार्थतामा परिणत गर्न कानुन निर्माताहरु लाग्नु पर्नेमा जोड दिए ।
ढकालले साम्राज्यबाद, बिस्तारबाद, आन्तरिक मामिलामा हस्तछेप, धर्म परिबर्तन र अलोकतान्त्रिक शासन पद्दतिहरु संसारबाट अस्वीकृत भैसकेको सन्दर्भ उल्लेख गर्दै साझा समस्याहरुको निवारण गर्न साझा प्रतिबद्धताको खाँचो रहेकोमा उनको जोड थियो । ढकालले सबै देश र धर्म संस्कृतिका असल ब्यक्ति तथा परिवारहरुको सहकार्य मार्फत मात्र स्थायी शान्ति र दिगो विकास सम्भब हुने बताए । उनले संसारका समस्याहरुवाट जनप्रतिनिधिहरु नत टाढा रहन सक्छन नत मौन नै भन्दै आफ्ना नागरिकको असल भबिष्य निर्धारण गर्ने हामी सबैको साझा दायित्व रहेको बताए ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले अभ्यास बिनाको आदर्श खोक्रो हुने भन्दै विश्वमा धनि र गरिब बीचको दुरी कम नगर्ने हो भने शान्ति टाढाको बिषय बन्ने बताए । संघियताको सान्दर्भिकता को बिषयमा बोल्दै अर्का सांसद सुबोध कुमार पोखरेलले संबिधान सभाले जारि गरेको संविधानको बिशेषता र नेपालले अङ्गीकार गरेको संघियताको मोडेलको बारेमा जानकारी दिदै बिबिधता भएको मुलुकमा संघिय प्रणालीले सबैलाई समेट्ने बिश्वाश ब्यक्त गरे । सांसदहरु रामहरी खतिवडा र विकास लम्सालले अन्तरक्रियामा भागलिदै नेपालको संबिधान निर्माण पछिको नेपालको अबस्थाको बारेमा अन्य सहभागीलाई जानकारी गराएका थिए । सम्मेलनमा नेपालको संबिधान निर्माण तथा शान्ति प्रकृया तर्कित निष्कर्षमा लग्न महत्वपुर्ण भूमिका खेलेको भन्दै सांसदहरु रामहरी खतिवडा, विकास लम्साल र डा. सुबोध पोखरेललाइ “एम्बासडर फर पिस“ उपाधि द्वारा सम्मान गरिएको थियो । सम्मेलनमा नेपालको साथै भारत, मलेशिया, सिंगापुर, क्याम्बोडिया, थाईल्याण्ड, फिलिपिन्स, इन्डोनेशिया, पाकिस्तान, श्रीलंका लगायत देशका २५० जना प्रतिनिधिहरु सहभागीता थियो ।
सम्मेलनले फिलिपिन्स संसदका उपसभामुख गेन्दोलीन गार्सियाको अध्यक्षतामा आइएपिपि ( फिलिपिन्स गठन समेत गरेको छ । आइएपिपि विश्वभरिका सांसदहरुको संगठन हो ।