सामाजिक एकताका लागि विभिन्न सम्प्रदाय गुरु सक्रिय हुनुपर्नेमा जोड

काठमाडौँ, १५ माघ । मुलुकमा सामाजिक सद्भाव तथा भ्रातृत्व कायम गर्न सबै विभिन्न धर्म तथा सम्प्रदाय धर्म गुरु सक्रिय हुनुपर्ने औँल्याइएको छ ।

धर्म सभा तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विभिन्न धर्ममा आबद्ध गुरु तथा इतिहासकारले सबै धर्ममा भएका राम्रा कुरालाई आत्मसात् गरी देशलाई एकताबद्ध गर्नुपर्ने सुझाउनुभएको हो ।

कार्यक्रममा प्रा दिनेशराज पन्तले धर्मले सामाजिक न्याय उपलब्ध गराउन सक्छ भन्ने विश्वास र आस्था भएको बताउँदै त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

इतिहासविद् प्रा डा सुरेन्द्र केसीले धर्मलाई डलर कमाउने साधनका रुपमा उपयोग गरिएकाले समाजमा द्वन्द्व बढ्दै गएको विचार व्यक्त गर्दै धर्मगुरुले सम्बन्धित धर्मको दर्शन तथा शान्तिका लागि गरिएका उपदेशको समाजमा प्रचार गर्नुपर्ने बताउनुभयो ।

भिक्षु डा चन्द्रकीर्तिले विभिन्न धर्ममा आस्था राख्ने नेपालीले राष्ट्रिय एकता र अखण्डताका लागि लाग्नुपर्ने बताउँदै त्यसले सामाजिक एकता कायम भई मुलुकमा सामाजिक तथा आर्थिक रुपान्तरण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विष्णुराज पाण्डे, बृहत् अध्यात्मिक परिषद्का अध्यक्ष पूर्ण छन्त्याललगायतले विभिन्न सम्प्रदायमा आएको विचलनलाई रोक्न धर्म सभाको आवश्यकता रहेको बताउनुभयो

Related posts

Leave a Comment