रत्न प्रतिष्ठान र अर्पण शान्ति कास्कीलाई परिवार दलको सहयोग
पोखरा । नेपाल परिवार दल गण्डकी प्रदेशको संयोजनमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारी र रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारलाई सयुक्त रुपमा एक कार्यक्रमका बीच आर्थिक सहयोग गरिएको हो ।
शुक्रबार नेपाल परिवार दलका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश प्रमुख प्रकाशबाबु थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । अर्पण शान्ति कास्कीले महिला तथा अपाङ बालबालिकाको सिपमुलक तालिमका लागि सहयोग पुगोस भन्दै ५० हजार रुपैया हस्तान्तरण गरिएकोे हो । दलित तथा पिछडिएका मानिसहरुको तालिम तथा नेतृत्व बिकासका लागि अर्को ४० हजार रुपैयाँ रत्न प्रतिष्ठानलाई सहयोग गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै दलका प्रदेश प्रमुख प्रकासबाबु थापाले कुनै एक दलले सहयोग गरेर बिकास निर्माण हुने होइन्, सबैभन्दा ठूलो बिकास भनेको त मान्छेको सोचाईमा बिकास हुनु हो भन्दै स्थानीय स्तरबाट नै बिकासको मुल फुटने हुनाले सचेत बर्गहरु उठ्न जरुरी रहेको बताए ।
उनले पिछडिएका बर्गलाई राज्यसम्म पहुच पुगोस भन्नको लागि पार्टीले सहयोग गरेको कुरा पनि ब्यक्त गरे । नेता थापाले भने नेतृत्व भनेको कुनै एक ब्यत्तिले गर्ने होइन् त्यो त समुहले गर्ने हो भन्दै यसको लागि नेतृत्व गर्ने ब्यत्तिमा पारदर्शिता हुनपर्ने कुरामा उनको जोड थियो ।
बिकास भनेका तुरुन्तै आजको भोली हुने कुरा पनि होईन, यो प्रकृयामा अगाडि बढ्ने कुरा हो जसको लागि संस्थाका सबै क्रियाशील सदस्यहरु एक भएर अगाडि बढनुको बिकल्प नरहेको बताए ।
सहयोग प्राप्त गरेपछि बोल्दै अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारीले राजनीतिक दलबाट पहिलो पटक सहयोग प्राप्त गरेकोमा खुशी ब्यक्त गदै जुन उदेश्यको लागि सहयोग प्राप्त गरेको हो त्यही उदेश्यको काममा संस्था लाग्ने बताईन् । रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारले हामीले समुदायको निम्त केही गर्न खोजिरहको बेला परिवार दलबाट प्राप्त सहयोगबाट हाम्रो कार्यलाई हौसला मिलेको बताए ।
कार्यक्रममा परिवार दलका केन्द्रीय सदस्यद्धय रामचन्द्र देवकोटा, टलक प्रसाद भट्ट ,दलकी कास्की अध्यक्ष कल्पना बराल, युवा नेता पुस्ष्प पौडेल, लगायतका नेताहरुको उपस्थति रहेको थियो ।