काठमाडौँ, २१ पुस । सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब)को १२ औं साधारणसभा तथा छैटौं अधिवेशन शुक्रबार यहाँ सुरु हुँदैछ ।
अधिवेशनमा भाग लिन देशभरीका करिव ३ सय सामुदायिक रेडियोका प्रतिनिधि राजधानी आइपुगेका छन् । विसं. २०५९ साल साउन २८ गते संघ दर्ता भएको थियो । यो संस्था राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत सञ्चालित छ । संघमा हाल २ सय ८७ सदस्य छन् । देशभर सामुदायिक रेडियोको संख्या ३ सय ३ पुगिसकेका छन् ।
लोकतन्त्र, कानुनको शासन र मानवअधिकारमा आधारित सुशासनको अवधारणालाई नेपालका सामुदायिक रेडियोले अनुसरण गर्दै आएका छन् । नेपालका झन्डै ९५ प्रतिशत नागरिकमा आफ्नो पहुँच पुरियाएका सामुदायिक रेडियोले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको संघले जनाएको छ ।