सिंहदरबारमै यसरी भयो कार दुर्घटना

प्रकासित मिति: २६ कार्तिक २०७४, आईतवार १०:४६

 

२६ कात्तिक, काठमाडौं ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै  आइतबार सवारी दुर्घटना भएको छ । पुनर्निमाण प्राधिकरण नजिक बालजु औद्योगिक विकास क्षेत्र लिमिटेडको कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो !

बा ५ प ४१३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउने बाटोतिर आउँदै गर्दा क्रस रोडमा दुर्घटना भएको जनाइएको छ ।

Bhansar Bivag
Argakhachi Cement