सिरियामा भएको बालबालिका आक्रमणको विरोधमा माईतिघर मण्डलमा दिप प्रज्वलन

प्रकासित मिति: २० फाल्गुन २०७४, आईतवार ०२:२६

हामी शान्ति चाहान्छौ

काठमाण्डौ । पाँच वर्षदेखि युद्ध चलिरहेको सिरियामा अहिलेसम्म साढे ४ लाखभन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन् । गएको एक हप्तादेखि फेरि सिरियामा चलिरहेको गृहयुद्धले एकाएक चर्चा पाएको छ । दमास्कस नजिकैको पूर्वी गुटा शहरमा विद्रोही र सरकारी पक्षबीच भएको भिडन्तमा ५ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरै बालबालिका पनि छन् ।
सर्वसाधारणको ज्यान जाने गरि सिरियामा भैरहेको शृंखलाबद्ध आक्रमणप्रति
Association of Preschool Educators Nepal(APEN)  एपेनले बिरोध गदै शुक्रबार साझराजधानीमा शान्तिपूर्ण प्रदर्शन र द्वीप प्रज्ज्वलन गरिएको छ ।
भृकुटीमण्डवबाट शुरु भएको ¥याली माईतिघर मण्डलामा पुगरे दिप प्रज्वलन गरिएको कार्यक्रमका संयोजक कृष्ण कुमार बोहोराले जानकारी दिए । बोहराका अनुसार ¥यालीमा एपेनसँग आवद्ध मन्टेश्वरी संञ्चालक ३ सय तथा शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको थियो । आक्रमणबाट विद्यालय जाने उमेरका बालबालिकाको अधिकार कटौती भएको भन्दै उनीहरुले अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहरूसँग उक्त घटना रोक्न आग्रह समेत गरेका छन ।
एपेनका अध्यक्ष बद्री प्रसाद दाहालले बालबालिकासहित सयौँ सर्वसाधारणको मृत्यु हुनेगरि भएको उक्त आक्रमणको निन्दा गर्दै सिरियाली सरकार र विद्रोहीबीचको आन्दोलनबाट निर्दोष बालबालिका र सर्वसाधारणमाथि अन्याय भएको बताए । दाहालले बिश्वभरीका बालबाललिकाको रक्षाको लागि बिश्व मानव अधिकारबादीहरुले बोल्न जरुरी भईसको भन्दै यस्तो सम्बेदनशिल कुरामा बोल्न ढिला नर्गन आग्रह गरे ।
‘विश्वका सबै बालबालिकाले स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार हनन भएको छ,’ उनले भने‘उक्त घटनाको घोर भर्त्र्सना गर्दै तत्काल अधिकारका प्रत्याभूति गर्न आग्रह गर्दछु।’सिरियामा भएको आक्रमणबाट बालबालिकाको संविधानले दिएको अधिकार हनन् भएको भन्दै संयोजक बोहराले बालबालिकामाथिको अत्याचार रोक्न आग्रह गरेका छन । बोहराले भने हामी शान्ति चाहान्छौ त्यसकै लागि यो ¥यालीको आयोजना गरिएको बताए ।
एपेनको आयोजनामा सिरियामा बालबालिकामाथि भएको हिंसा र हत्याको विरोधमा शनिबार शान्तिपूर्ण प्रदर्शन र द्वीप प्रज्ज्वलन गरिएको हो । सिरियामा चलिरहेको हिंसा नरोकिएपछि राष्ट्रसंघीय बाल कोष युनिसेफले सिरियामा युद्धमा भइरहेको बालबालिकाको हत्या, उनीहरुको आमा बुवा तथा आफन्तको हत्याको कुनै शब्दले न्याय नै गर्न सक्दैन । सिरियाका नागरिकको पीडा अन्त्य गर्न अहिले भइरहेका सबै प्रकारका मानवता विरोधी गतिविधि रोक्नुपर्छ सँधैको लागि । तसर्थ युद्धविराम तत्काल लागु गर, प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पठाइयोस, राजनीतिक बन्दीहरुलाई रिहा गर र सबै सिरियाली नागरिकलाई बाँच्न देउ ।

Bhansar Bivag
Argakhachi Cement