सीमानामा काँडेतार लगाउनुपर्छ राष्ट्रघातीलाई लखेट्नुपर्छ

प्रकासित मिति: २९ बैशाख २०७६, आईतवार ०६:५०

विष्णुकुमार प्रसाई

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता बाँडेर भारतीय नागरिकलाईं धमाधम नेपाली नागरिक बनाउन थालेपछि ओली सरकारलाई राष्ट्रघाती सरकारको विल्ला लाग्न थालेको छ । भारतीय नाकाबन्दीका बेला पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले राष्ट्रवादी छवि बनाएका थिए । तर दोस्रो पटक प्रधानमन्त्री उनलाई राष्ट्रवादी भन्नेहरु नै अहिले राष्ट्रघाती भन्न थालेका छन् । ओली सरकारले नेपाललाईं सिक्किम बनाउने त होइन भन्ने प्रश्न पनि उनीहरुले नै गर्न थालेका छन् । के वाध्यताले उनको रंग फेरियो, छवि वदलियो ?
गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिन ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरे पछि हजारौ भारतीयहरुले नक्कली बाबुआमा खडा गरेर नेपाली नागरिकता लिइरहेको कुरा केही दिनअघि झापामा पक्राउ परेबाट प्रष्ट भएको छ । भारतको चुनावमा मतदान गर्दा नङमा लगाइएको मसि नपुछि नगरिकता लिन आइपुगेका दुई जनालाई पक्राउ गरिएको थियो ।
भारतीयहरु निजी गाडी, मोटरसाइकलमा मात्र होइन, ट्रक, बस रिजÞर्व गरेर नागरिकता लिन आएका दृश्यहरु पनि देखिएका छन् । नेपाली नबुझने ती भारतीयहरू नेपाली नागरिकता लिएर बिहार, उत्तरप्रदेश फर्किएको ती क्षेत्रका वासिन्दाहरुले बताएका छन् भने आउने–जाने क्रम तीव्र गतिमा भइरहेका बेला सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ । सर्वोच्चको पनि फरक–फरक आदेश आएकाले हाललाई राकिएको नागरिकता वितरण फेरि कहिलेबाट खुल्छ टुंगो छैन ।
तराईका जिल्लाहरुबाट भारतीयहरुले धमाधम नागरिकता लिएका छन् भने पहाडी जिल्लामा तिव्वतीहरुले नागरिकता लिएको स्रोतको दावी छ । चीन बिरोधी गतिविधि बढाउन पश्चिमाहरुको डिजाइनमा हिमाली जिल्लामा तिव्वतीहरुलाई नागरिकता दिने काम भएको हो भने ओली सरकारलाई चाडै विदा गर्नुको विकल्प छैन । अब चार वर्ष कुर्ने हो भने त्यसबेला धेरै ढिलो भइसकेको हुनेछ । ओली नेतृत्वको सरकारको राष्ट्रघाती क्रियाकलापले देश दिनप्रतिदिन अप्ठ्यारोमा पर्दै गएको छ ।
नेपालको आधुनिक इतिहासमा ओली जस्ता राष्ट्रघातीलाई लिस्नु लगाउने, बलात्कारी, भ्रष्ट, भूमाफिया, तस्कर, कालोबजारीयाहरुलाई काखी च्याप्ने प्रधानमन्त्री कोही थिएन र हुँदैनन् पनि । ओली सिक्किम बेच्ने लेन्डुप दोर्जे जस्ता हुन खोजेका त छैनन् भन्ने प्रश्न आम राष्ट्रवादी जनताले गर्न थालेका छन् ।
‘भारतीयहरुको जनसंख्या बढाएर वहुमत पुग्नासाथ जनमतसंग्रह गराउने र नेपाललाई सिक्किम बनाउने भारतीय डिजाइनको सहयोगी त बनिरहेको छैन ओली सरकार ?’ आम जनतामा प्रश्न उठ्नु स्वभाविक जस्तो देखिन थालेको छ, ओली सरकारको गतिविधिले । नागरिक संशोधन सम्वन्धी विधेयक संसदमा विचाराधिन अवस्थामा रहेका बेला किन गृहमन्त्रालय मार्फत परिपत्र गरेर धमाधम नागरिकता बाँडियो ? नागरिकता बाड्न किन हतार पर्यो सरकारलाई ?
१ करोड भारतीयहरु तराईमा छन्, अब ओलीले डेढ करोड पुर्याउँदैछन् । एक संविधानविद्ले भनेझै रआको डिजÞाइनमा ओलीलाई सत्तामा पु¥याइएको र नेपाल खाने योजना अनुसार नाकाबन्दी लगाइएको रहेछ । महतो, त्रिपाठीलाई त्यसै जिताइएको होइन, ओलीले एमाले कार्यकर्तालाईं भोट हाल्न लगाएर ।
अब देशभक्त र देशद्रोहीबीच ध्रुविकृत हुने बेला आएको छ । देश बाँचे मात्र हामी बच्छौँ । जनबिद्रोहद्वारा देशद्रोही, राष्ट्रघातीलाई लखेट्नुपर्छ । खुल्ला सिमानामा काँडेतार लगाउनुपर्छ । नत्र नेपालको स्वाधिनता रहन सक्दैन ।

Bhansar Bivag
Argakhachi Cement