सुबिसुको सेल्स आउटलेट कलंकीमा

प्रकासित मिति: ३० श्रावण २०७५, बुधबार १६:१०

काठमाण्डौ । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि।ले आफ्नो पाचौं सेल्स आउटलेट काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो आउटेटको उद्घाटन गरेका हुन् ।
आउटलेटबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिस को सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको सेवा सुबिधा आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।
सुबिसुको सेल्स आउटलेट ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमारहेका छन् साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने योजना रहेको छ । सुबिसु नेपालको पहिलो कम्पनीहो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

Bhansar Bivag
Argakhachi Cement