श्री सशस्त्र प्रहरी बल¸नेपाल यू.एन शान्तिस्थापना तालिम केन्द्रमा संचालित सि.सं. ३७ से.मु.पति तालिम उदघाटन भएको छ । सशस्त्र प्रहरी बल¸नेपाल सीमा सुरक्षा तालिम महाविद्यालय बर्दघाटको तत्ववधानमा संचालित १२ हप्ता अवधीको तालिम यस तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यको प्रमुख आतिथ्यमा प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ
उक्त तालिममा विभिन्न हतियारहरु सम्बन्धी¸शारिरीक तालिम¸ फिल्ड क्राफ्ट¸ ब्याटल क्राफ्ट¸ फिल्ड ईन्जिनियरिङ्ग¸बन्दोबस्ती¸नक्सा अध्ययन¸स्टाफ डिउटि¸महत्वपुर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्तिको सुरक्षा¸अपराध अनुसन्धान¸आन्तरिक तथा बाह्य द्धन्द¸मानवअधिकार¸लैगिङ्क हिँसा आदी विषयमा प्रशिक्षण गराईने छ । उक्त तालिममा ३९ जना सशस्त्र प्रहरी जुनियर अधिकृतहरुको सहभागिता रहेको छ । तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यज्यूले तालिमको उपदायिता र महत्वलाई बताउदै आजको बदलिदो परिस्थीती र वातावरण संघ समान्तर रुपले संगठन र जनशक्तिलाई परिकृत तथा समय सापक्ष परिवर्तन गर्दै संगठनको मुलभुत उद्धेश्य र कार्य दिशा कार्यन्वयन गर्न र शारिरीक र मानसिक रुपले स्वच्छ र सवल जनशक्ति उत्पादन गर्न¸राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षाको आवश्यकता¸संयुक्त राष्ट्र संघका विभिन्न मुल्य र मान्यताहरुको प्रयोग र कार्यन्वयन¸विश्वब्यापीकरण तथा आन्तरिक रुपले संगठित अपराध¸सिमा अपराध¸महत्पुर्ण प्रतिष्ठान एवं विशिष्ट व्यक्तिहरुको सुरक्षा¸जातिय पृथकताबादी आन्दोलन तथा अन्य विभिन्न चुनौतिहरुलाई सामना र समाधान गर्न यस्ता किसिमका विशिष्टिगत तालिम संचालन गरी दक्षता एवं व्यवसायिकता हासिल गरेको उत्प्रेरित¸लगनशिल¸जुगारुक¸मेहनती एवं उत्सुक जुनियर अधिकृतहरुको निर्माण गर्नु नै यस तालिमको प्रमुख उद्धेश्य रहेको बताउनु भयो ।
साथै प्रमुख अतिथी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यज्यूले तालिममा खटिने प्रशिक्षक बर्गलाई स्तरिय ढङ्गले तालिम संचालन गर्न निर्देशन गर्नुका साथै सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलताको शुभकामना दिनु भयो ।