सोनाम ल्होसार पर्व अबसरमा परिवार दलको शुभकामना

प्रकासित मिति: २२ माघ २०७५, मंगलवार ०५:५९

सबै नेपालीको एकता बलियो होस् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व (नया बर्ष) को पावन अबसरमा देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली तामाङ समुदाय लगायत सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । ढकालले सामाजिक सञ्जाल मार्फत दिएको शुभकामनामा बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको गरिएको पाइन्छ। नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गरेको उल्लेख गरेका छन् । सन्देशमा ढकालले बिभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृतिको राज्यले संरक्षण र विकास गर्न सहयोगी भूमिका निभाउनु पर्ने बताएका छन् । यसपर्बको अबसरमा परिवार दल वर्तमान राजनैतिक गतिरोधले सहि निकास पाओस र तराई पहाड र हिमालका सबै नेपालीको एकता बलियो होस् भन्ने कामना समेत गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement