सोभित पौडेलद्वारा पोउवा संघको सदस्यमा उम्मेदवारी घोषणा

प्रकासित मिति: ३ भाद्र २०७५, आईतवार १५:०६

दिपेन्द्र पौडेल, पोखरा

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाविधेशनमा युवा उद्यमी सोभित पौडेलले उम्मेदवारी दिने भएका छन् । आफू निकटका व्यवसायीमाझ उम्मेदवारी बन्ने घोषणा गरेर आन्तरिक प्रचारप्रसारमा जुटेका पौडेलले बिहीबारबाटै सार्वजनिक रुपमै उम्मेदवार बन्ने घोषणा गरेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए । संघको गरिमालाई उच्च बनाउन संघको सदस्य बनेर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

पोखरामा रहेर ओम साखिमी सप्लायर्स, डाफे होटल प्रालि, विन्ध्यबासिटी पार्टी प्यालेसका सञ्चालक पौडेल बिगत १४ वर्षदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् । जेसिज, लायन्स लगायतका सामाजिक संघसंंस्थामा आबद्ध पौडेलले आफ्नो अनुभवलाई निजी क्षेत्रको छाता संस्थामा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । संघको महाधिवेशन आगामी असोज ५ र ६ गते हुँदैछ ।

Bhansar Bivag
Argakhachi Cement