स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिलेकै जिल्लालाई कायम राखिने

प्रकासित मिति: ११ आश्विन २०७३, मंगलवार १४:५७

काठमाडौँ मन्त्रिपरिषद्  बैठकले तीन मुख्य राजनीतिक दलबीच भएको सहमतिलाई आधार बनाएर स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलाकालाई मूल आधार बनाउने निर्णय गरको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज साँझ बसेको बैठकले स्थानीय तहको सिमाना र सङख्यालाई निर्धारण गर्दा त्यसमा नगरपालिका भए त्यही कायम गर्ने अरु जनताको सुविधालाई दृष्टिगत गरी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आइतबार पूर्वमुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे सवार रहेको जीप दुर्घटना र आज धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक कुबेर राणाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बैठकले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणढ राजमार्गमा आवागमनमा सहज पार्न र दुर्घटना न्युनीकरण गरी सडक सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संस्थागत व्यवस्था गर्न जिम्मा दिएको मन्त्री लेखकले जानकारी दिनुभयो ।

बैठकले मधेस केन्द्रित दलसँग स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारणका बारेमा भइरहेको छलफल सकारात्मक भएको र बैठकको निर्णयले छलफललाई अझ सहज बनाउने निर्णय भएको मन्त्री लेखकले बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement