स्रष्टाको सिर्जनालाई अनुमति नलिइकन प्रतिलिपि गर्नेलाई कारवाही

प्रकासित मिति: १६ भाद्र २०७४, शुक्रबार १६:५१

काठमाडौँ, १६ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्र बाँकी रहेका सबै निर्वाचन सम्पन्न गरी देशमा दिगो स्थायित्व र स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल संगीत उद्योग संघ र संगीत उत्पादक समाज नेपालले संयुक्त रुपमा आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बस्नेतले आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनपछि लगत्तै प्रदेश र केन्द्रको चुनावी वातावरण तयार हुने बताउनुभयो । उहाँले स्रष्टाको सिर्जनालाई अनुमति नलिइकन प्रतिलिपि गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गरिने चेतावनी पनि दिनुभयो ।

कलाकार मदनकृष्ण श्रेष्ठले स्रष्टाको सिर्जनाको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले प्रतिलिपि अधिकार ऐन कार्यान्वयनका क्रममा रहेको जानकारी दिनुभयो ।

नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर र संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मलराज ढकालले स्रष्टाका सिर्जनाको संरक्षण तथा नेपाली संगीत क्षेत्रको विकासमा दुवै संस्थाले सहकार्य गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली गीत तथा संगीतका क्षेत्रमा योगदान पु¥याउने महजोडीलगायतलाई सम्मान गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement